जाँदाजाँदै सरकारको लोकप्रिय निर्णय – Naya Bikalpa
October 22, 2026, Thursday      Epaper

जाँदाजाँदै सरकारको लोकप्रिय निर्णय

नयाँ सरकार गठनकार्य अब छिट्टै हुन गइरहेको अवस्थामा वर्तमान सरकारले महत्वपूर्ण निर्णय गरेको छ । उसले ६५ वर्ष मै वृद्ध भत्ता दिने देखि लिएर भुकम्प पीडित र बाढी पीडितहरुलाई थप एक लाख अनुदान दिने महत्वपूर्ण निर्णय गरेको हो । यसलाई कतिपयले सकारात्मक रुपमा लिएका छन् भने कतिपयले अस्वभाविक निर्णय भनेका छन् ।

लोकप्रियता कमाउने हिसाबले गरेको यस प्रकारको निर्णयले मुलुकलाई असर गर्ने सरोकारवालाहरुको भनाई छ । राज्यलाई भार थप्ने काम गरेर सरकारले सस्तो लोकप्रियताका लागि गरेको एमालेले आरोप लगाएको छ । जाँदा जाँदै शेरबहादुर नेतृत्वको सरकारले विभिन्न ठाँउमा राजनीतिक नियुक्ति गरेको भन्दै चर्काे आलोचना भईरहेको बेला सरकारले बुधबार उक्त निर्णय गरेको हो ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सामाजिक सुरक्षावापत जेष्ठ नागरिकलाई ६५ वर्षमै वृद्ध भत्ता दिने निर्णय गरेको सूनचना तथा सञ्चारमन्त्रि मोहनबहादुर बस्नेतले जानकारी दिए । सरकारले यसअघि ७० वर्षको उमेरमा मात्र पाइने बृद्ध भत्ताको उमेरलाई घटाएर ६५ वर्ष कायम गरेको हो । यसैगरी सरकारले एकल महिला र दलितलाई दिने भत्ताको उमेर हद पनि घटाएको छ ।

सरकारको निर्णय अनुसार पहिला ६० वर्षमा पाउने भत्ता अब ५५ वर्षमा पाउनेछ । त्यसैगरी सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई थप एक लाख रुपैयाँ अनुदान रकम दिने भएको छ । भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको छ । अनुदान पाउने समय सकिएको अवस्थामा भूकम्प पीडितलाई अहिले दिएको रातहमा एक लाख रुपैयाँ थप गरिदिने निर्णय गरेको हो । यसैगरी सरकारले चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा गरेको छ ।

२०६२ साल जेठ २३ गते दक्षिण चितवनको बाँदरमुढेमा यात्रुवाहक बसमा भएको बम विस्फोटमा परी मृत्यु भएकालाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको हो । यसैगरी सशस्त्र द्वन्द्वकालमा तत्कालीन विद्रोही समूह नेकपा माओवादीबाट कास्की, सिन्धुपाल्चोक, सिराह र खोटाङमा मारिएकाहरुलाई पनि सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

यसैगरी अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई मासिक ५ हजार दिने निर्णय पनि गरेको छ ।त्यसैगरी सरकारले सात वटै प्रदेशमा आन्तराष्ट्रिय व्यापार प्रदर्शनी केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । जस अनुसार प्रदेश नम्बर १ को धरान, प्रदेश नं २ को वीरगंज, प्रदेश नं ३ को चोभार, काठमाडौँ, प्रदेश नं ४ को तनहुँ, दमौली, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को कञ्चनपुर, महेन्द्रनगरमा अन्तरराष्ट्रिय व्यापार प्रदर्शनी केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । यसैबीच सरकारले मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरी भई प्यारालाइसिस भएका बिरामीलाई जिविकोपार्जन भत्ता वापतको मासिक पाँच हजार रुपैयाँ भत्ता वितरण सुरु गरेको छ ।

प्रधानमन्त्री शेरवहादुर देउवाले बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा आयोजित कार्यक्रममा २९ जना पीडितहरुलाई भत्तावापतको चेक प्रदान गरेका छन् । वीर अस्पतालले आयोगजना गरेको भत्ता वितरण कार्यक्रममा प्रधानमन्त्री देउवाले ट्रमा सेन्टरमा प्यारालाइसिसको उपचार गराइरहेका ६ जना, बीर अस्पतालमा क्यान्सरको उपचार गराइरहेका १२ जना र मिर्गौलाको उपचार गराइरहेका ११ जनालाई जिविकोपार्जन वापतको चेक दिएका थिए ।

सम्बन्धित समाचार

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
  • २०७४ माघ १५, ०९: ०४

काठमाडौं : नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध...

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
  • २०७४ माघ १५, ०९: ०४

काठमाडौं : आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर...

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
  • २०७४ माघ १५, ०९: ०४

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट दसैं पर्वका अवसरमा काठमाडौं उपत्यकामा तीन हजार ५८५...