मधेशवादीको दयामा कांग्रेसलाई २ सिट – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

मधेशवादीको दयामा कांग्रेसलाई २ सिट

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन गर्न नसकेको कांग्रेस र मधेशी दलबीचको गठबन्धनले राष्ट्रियसभा चुनावमा तालमेल गर्ने भएको छ । कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा राजपा र फोरमसँग गठबन्धन गर्न नसक्दा नमिठो पराजय भोग्नु पर्यो ।

कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिको हठका कारण आफ्नो गढ क्षेत्रमा पनि कांग्रेस खुम्चिनु परेको चर्चा चलेको छ । धनुषा क्षेत्र नम्बर तीनबाट मधेशवादी गठबन्धनले राजपा मण्डलका सदस्य राजेन्द्र महतोलाई उठाएपछि निधि असन्तुष्ट हुँदै लोकतान्त्रिक गठबन्धन नबनाउन लागि परेका थिए ।

पार्टीले निधिलाई त्यस क्षेत्रबाट उम्मेदवारी फिर्ता लिएर अर्काे क्षेत्रबाट लड्न आग्रह गर्दा पनि उनी जबरजस्ती सिंगो पार्टीको निर्णय भन्दा पनि व्यक्तिगत स्वार्थले चुनाव लडेका थिए । अन्तत् उनी महतोसँग पराजित भए र आफ्नो गढ क्षेत्रबाट कांग्रेसले पनि नराम्रो पराजय भोग्नु प¥यो । व्यक्तितग स्वार्थ त्यागेर निधिले पार्टीको निर्णय मानेको भए प्रतिनिधिसभाको चुनावमा कांग्रेस ६ सिटमा खुम्चनु पर्ने थिएन । कुल ३२ सिट रहेको २ नम्बर प्रदेशमा कांग्रेसले मधेशवादी गठबन्धनसँग ५०÷५० प्रतिशतमा भागबण्डा गरेर चुनाव लड्ने निर्णय गरेको थियो ।

तर मधेशवादी दलले कांग्रेसलाई १२ सिट र आफुहरुले २० सिट पाउनु पर्ने दाबी गरेको थियो । त्यसक्रममा आफ्नो विरुद्ध महतो उठेपछि निधि गठबन्धनको विरोधमा लागेको कांग्रेस स्रोतले जनाएको छ । यदी निधिले त्यतिखेरा मानेको भए कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १२ सिट जित्ने थियो, ६ सिटमा खुम्चनु पर्ने थिएन । त्यसबेला नराम्ररी पछारिएको कांग्रेस अहिले भने मधेशवादी दलसँग राष्ट्रियसभाको चुनावमा तालमेल गर्ने सहमति गरेको छ । राजपा, फोरम र कांग्रेसबीच २÷२ सिट लिने गरी सहमति भएको हो ।

त्यसबेला गठबन्धन गरेको भए धेरै सिट पनि जित्न सक्ने थियो र अहिले बलियो स्थितिमा हुने थियो कांग्रेस । एउटा व्यक्तिका कारण मिल्न नसकेको कांग्रेसले अहिले समान हैसियतमा २÷२ सिट बाँड्नुलाई मधेशवादी दलले दया गरेर दिएको सिट भनि अथ्र्याइएको छ । यसबारेमा किन कांग्रेसजनहरु चुप बसेका छन्, अचम्म लागेको छ स्रोतले भन्यो ।

सम्बन्धित समाचार

६ मन्त्रीले गरे खरिपाटी होल्डिङ सेन्टरको अनुगमन
६ मन्त्रीले गरे खरिपाटी होल्डिङ सेन्टरको अनुगमन
  • २०७४ माघ १५, ०९: ०७

काठमाडौं : गृहमन्त्री सुधन गुरुङसहित संघीय सरकारका ६ मन्त्रीले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेका छन् । हालै...

दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
  • २०७४ माघ १५, ०९: ०७

काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
  • २०७४ माघ १५, ०९: ०७

जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...