मधेशवादीको दयामा कांग्रेसलाई २ सिट – Naya Bikalpa
October 22, 2026, Thursday      Epaper

मधेशवादीको दयामा कांग्रेसलाई २ सिट

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन गर्न नसकेको कांग्रेस र मधेशी दलबीचको गठबन्धनले राष्ट्रियसभा चुनावमा तालमेल गर्ने भएको छ । कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा राजपा र फोरमसँग गठबन्धन गर्न नसक्दा नमिठो पराजय भोग्नु पर्यो ।

कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिको हठका कारण आफ्नो गढ क्षेत्रमा पनि कांग्रेस खुम्चिनु परेको चर्चा चलेको छ । धनुषा क्षेत्र नम्बर तीनबाट मधेशवादी गठबन्धनले राजपा मण्डलका सदस्य राजेन्द्र महतोलाई उठाएपछि निधि असन्तुष्ट हुँदै लोकतान्त्रिक गठबन्धन नबनाउन लागि परेका थिए ।

पार्टीले निधिलाई त्यस क्षेत्रबाट उम्मेदवारी फिर्ता लिएर अर्काे क्षेत्रबाट लड्न आग्रह गर्दा पनि उनी जबरजस्ती सिंगो पार्टीको निर्णय भन्दा पनि व्यक्तिगत स्वार्थले चुनाव लडेका थिए । अन्तत् उनी महतोसँग पराजित भए र आफ्नो गढ क्षेत्रबाट कांग्रेसले पनि नराम्रो पराजय भोग्नु प¥यो । व्यक्तितग स्वार्थ त्यागेर निधिले पार्टीको निर्णय मानेको भए प्रतिनिधिसभाको चुनावमा कांग्रेस ६ सिटमा खुम्चनु पर्ने थिएन । कुल ३२ सिट रहेको २ नम्बर प्रदेशमा कांग्रेसले मधेशवादी गठबन्धनसँग ५०÷५० प्रतिशतमा भागबण्डा गरेर चुनाव लड्ने निर्णय गरेको थियो ।

तर मधेशवादी दलले कांग्रेसलाई १२ सिट र आफुहरुले २० सिट पाउनु पर्ने दाबी गरेको थियो । त्यसक्रममा आफ्नो विरुद्ध महतो उठेपछि निधि गठबन्धनको विरोधमा लागेको कांग्रेस स्रोतले जनाएको छ । यदी निधिले त्यतिखेरा मानेको भए कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १२ सिट जित्ने थियो, ६ सिटमा खुम्चनु पर्ने थिएन । त्यसबेला नराम्ररी पछारिएको कांग्रेस अहिले भने मधेशवादी दलसँग राष्ट्रियसभाको चुनावमा तालमेल गर्ने सहमति गरेको छ । राजपा, फोरम र कांग्रेसबीच २÷२ सिट लिने गरी सहमति भएको हो ।

त्यसबेला गठबन्धन गरेको भए धेरै सिट पनि जित्न सक्ने थियो र अहिले बलियो स्थितिमा हुने थियो कांग्रेस । एउटा व्यक्तिका कारण मिल्न नसकेको कांग्रेसले अहिले समान हैसियतमा २÷२ सिट बाँड्नुलाई मधेशवादी दलले दया गरेर दिएको सिट भनि अथ्र्याइएको छ । यसबारेमा किन कांग्रेसजनहरु चुप बसेका छन्, अचम्म लागेको छ स्रोतले भन्यो ।

सम्बन्धित समाचार

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
  • २०७४ माघ १५, ०९: ०७

काठमाडौं : नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध...

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
  • २०७४ माघ १५, ०९: ०७

काठमाडौं : आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर...

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
  • २०७४ माघ १५, ०९: ०७

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट दसैं पर्वका अवसरमा काठमाडौं उपत्यकामा तीन हजार ५८५...