सरकारले अस्थायी मुकाम तोक्दा पहाडलाई अपायक पर्ने गरी निर्धारण गरेको भन्दै यसको सर्वत्र विरोध भईरहेको छ ।
राजैनितक पहुच र शक्ति नभएकै कारण मुकाम तोक्दा पहाडलाई उपेक्षा गरी हिमाल, पहाड र तराईबीच बिभाजन गर्ने काम सरकारले गरेकोमा विभिन्न ठाँउमा आन्दोलन र प्रदर्शन भइरहेको छ ।
पर्याप्तमात्रमा भौतिक पूर्वधार, विकासको प्रचुर सम्भावना र प्रदेश नम्बर १ को केन्द्रविन्दु भएर पनि धनकुटालाई प्रदेश राजधानी नबनाएको भन्दै धनकुटाका बासिन्दा आन्दोलित भएका छन् ।
पानी र जवानी विना पहाडको विकास हुन नसक्ने भन्दै उनीहरुले त्यस क्षेत्रको समग्र विकासका लागि धनकुटालाई राजधानी बनाए प्रदेश १ नमुना प्रदेश बन्ने बताएका छन् । राजधानी माग गर्दै आईतबार काठमाडौँ आईपुगेका प्रतिनिधि तथा प्रदेश सांसदहरु सहितको राजनीतिक दलका प्रतिनिधि, नागरीक समाज लगायतको टोलिले मन्त्रीहरुसँग छलफल गरेका छन् । टोलिले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । यसबारे विस्तृत स्थलगत रिपोट पृष्ठ ४ मा)
काठमाडौं : गृहमन्त्री सुधन गुरुङसहित संघीय सरकारका ६ मन्त्रीले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेका छन् । हालै...
काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...
जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...