राजधानीका लागि धनकुटावासिको संघर्ष – Naya Bikalpa
October 22, 2026, Thursday      Epaper

राजधानीका लागि धनकुटावासिको संघर्ष

सरकारले अस्थायी मुकाम तोक्दा पहाडलाई अपायक पर्ने गरी निर्धारण गरेको भन्दै यसको सर्वत्र विरोध भईरहेको छ ।

राजैनितक पहुच र शक्ति नभएकै कारण मुकाम तोक्दा पहाडलाई उपेक्षा गरी हिमाल, पहाड र तराईबीच बिभाजन गर्ने काम सरकारले गरेकोमा विभिन्न ठाँउमा आन्दोलन र प्रदर्शन भइरहेको छ ।

पर्याप्तमात्रमा भौतिक पूर्वधार, विकासको प्रचुर सम्भावना र प्रदेश नम्बर १ को केन्द्रविन्दु भएर पनि धनकुटालाई प्रदेश राजधानी नबनाएको भन्दै धनकुटाका बासिन्दा आन्दोलित भएका छन् ।

पानी र जवानी विना पहाडको विकास हुन नसक्ने भन्दै उनीहरुले त्यस क्षेत्रको समग्र विकासका लागि धनकुटालाई राजधानी बनाए प्रदेश १ नमुना प्रदेश बन्ने बताएका छन् । राजधानी माग गर्दै आईतबार काठमाडौँ आईपुगेका प्रतिनिधि तथा प्रदेश सांसदहरु सहितको राजनीतिक दलका प्रतिनिधि, नागरीक समाज लगायतको टोलिले मन्त्रीहरुसँग छलफल गरेका छन् । टोलिले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । यसबारे विस्तृत स्थलगत रिपोट पृष्ठ ४ मा)

सम्बन्धित समाचार

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
  • २०७४ माघ १५, ०९: ०९

काठमाडौं : नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध...

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
  • २०७४ माघ १५, ०९: ०९

काठमाडौं : आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर...

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
  • २०७४ माघ १५, ०९: ०९

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट दसैं पर्वका अवसरमा काठमाडौं उपत्यकामा तीन हजार ५८५...