आचारसंहिता लागू गर्ने तर कारबाही नगर्ने आयोग – Naya Bikalpa
October 22, 2026, Thursday      Epaper

आचारसंहिता लागू गर्ने तर कारबाही नगर्ने आयोग

निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आचारसंहिता लागू गरेको छ । यस अवधिभर सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय तह, स्थानीय निकायका कर्मचारी, सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, दलका भातृ संगठन, उम्मेदवार तथा सम्बन्धीत निकाय र सञ्चारमाध्यमले आचारसंहिता पालना गर्नुपर्ने छ ।

त्यसैगरी कर्मचारीको सरुवा, बढुवा, नियुक्ति, अनुदान, सर्वेक्षण लगायत गतिविधि गर्न पाईदैन । सरकारले आकर्षक नयाँ कार्यक्रम थप गर्न, नयाँ बजेट बाँडफाँड र रकमान्तर समेत गर्न पाइने छैन । वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएका कार्यक्रम सञ्चालन गर्न भने आचारसंहिताले बाधा नगर्ने निर्वाचन आयोगले जनाएको छ ।

कुनै अत्यावश्यक निर्णय गर्नैपर्ने भएपनि निर्वाचन आयोगको पूर्वस्वीकृति लिनुपर्नेछ । आचारसंहिता लागू भएपछि निर्वाचन प्रभावित गर्ने कुनै पनि काम गर्न पाइने छैन । मौन अवधिमा मतदाता प्रभावित पारे निर्वाचन आयोगले उम्मेदवारी नै रद्ध गर्ने र १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

यसअघिका चुनवाहरुमा पनि आचारसंहिता लागु गरेको आयोगको अनुगमन कार्य भने फितलो देखिएको थियो । चुनावको क्रममा आचारसंहिता विपरित गतिविधिहरु हुँदा पनि खासै कारवाही गर्न नसकेको आयोगले यसपटक पनि आफ्नो कर्मकाण्डी पुरा गरेको छ । पर्च, पम्पलेट, तुल, व्यानर टाँगेर खुल्लामखुल्ला मापदण्ड विपरित यस्ता गतिविधि गर्दा पनि आयोगले सचेत गराउनु बाहेक कुनै उपलब्धीमुलक कारवाही गर्न सकेनन् ।

ऐन नियममा रहेको अधिकारलाई टेकेर कारवाही गर्न आयोगले किन खुट्टा कमाउँछन् भन्ने प्रश्न उठेको छ । आचारसंहिता विपरित गतिविधि आँखा अगाडि हुँदाहुदै पनि कुनै अनुगमन र कारवाही प्रक्रियालाई बढाउन आयोगले हिम्मत नै राख्दैनन् । कहिले काँही अनुगमन गरेर उसले केही ठाँउमा सचेत गराउने र स्पष्टिकरण सोध्ने बाहेक नतिजामुखि कारवाही प्रक्रिया अगाडि बढाएको सायदै पाईन्छ । आयोगले नियमित रेखदेख, अनुगमन र अन द स्पोर्ट कारवाही गर्न नसक्दा आचारसंहिता विपरितका गतिविधिहरु हुने गरेका छन् ।

सम्बन्धित समाचार

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
  • २०७४ माघ १५, ०९: १३

काठमाडौं : नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध...

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
  • २०७४ माघ १५, ०९: १३

काठमाडौं : आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर...

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
  • २०७४ माघ १५, ०९: १३

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट दसैं पर्वका अवसरमा काठमाडौं उपत्यकामा तीन हजार ५८५...