भारतको ६९औं गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाललाई एम्बुलेन्स उपहार – Naya Bikalpa
October 14, 2026, Wednesday      Epaper

भारतको ६९औं गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाललाई एम्बुलेन्स उपहार

भारतको ६९औं गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न संघ संस्थालाई एम्बुलेन्स र बस प्रदान गरेको छ । नेपालस्थित भारतीय राजदूतावासले शुक्रबार नेपालका विभिन्न जिल्लाका संघ संस्थालाई एम्बुलेन्स र बस प्रदान गरेको हो ।

काठमाडौको लैनचौरमा रहेको भारतीय राजदूतावासमा आयोजित कार्यक्रममा दुतावासले विभिन्न जिल्लाका अस्पताल, परोपकारी संस्था, शैक्षिक संस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको हो । त्यसैगरी विभिन्न स्थानका ४१ वटा पुस्तकालयलाई पुस्तक र शैक्षिक सामग्री पनि प्रदान गरिएको छ ।

भारतीय दूतावासले हालसम्म नेपाललाई ६ सय ६२ वटा एम्बुलेन्स र १ सय ३० वटा बस प्रदान गरिसकेको छ । नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले भारतीय जनताको नेपाली जनतासँग प्रगाढ सम्बन्ध रहेको भन्दै नेपालको शान्ति, स्थायित्व सम्मृद्धिमा भारतको सधै सहयोग रहने बताए । उनले नेपाल–भारत कूटनीतिक सम्बन्धको ७० बर्ष पूरा भएको अवसरमा दुई देशबीचको सम्बन्ध अझै बलियो हुने विश्वास व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
  • २०७४ माघ १५, ०९: १४

काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ...

रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ
रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ
  • २०७४ माघ १५, ०९: १४

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध...

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
  • २०७४ माघ १५, ०९: १४

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन...