भारतको ६९औं गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाललाई एम्बुलेन्स उपहार – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

भारतको ६९औं गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाललाई एम्बुलेन्स उपहार

भारतको ६९औं गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न संघ संस्थालाई एम्बुलेन्स र बस प्रदान गरेको छ । नेपालस्थित भारतीय राजदूतावासले शुक्रबार नेपालका विभिन्न जिल्लाका संघ संस्थालाई एम्बुलेन्स र बस प्रदान गरेको हो ।

काठमाडौको लैनचौरमा रहेको भारतीय राजदूतावासमा आयोजित कार्यक्रममा दुतावासले विभिन्न जिल्लाका अस्पताल, परोपकारी संस्था, शैक्षिक संस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको हो । त्यसैगरी विभिन्न स्थानका ४१ वटा पुस्तकालयलाई पुस्तक र शैक्षिक सामग्री पनि प्रदान गरिएको छ ।

भारतीय दूतावासले हालसम्म नेपाललाई ६ सय ६२ वटा एम्बुलेन्स र १ सय ३० वटा बस प्रदान गरिसकेको छ । नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले भारतीय जनताको नेपाली जनतासँग प्रगाढ सम्बन्ध रहेको भन्दै नेपालको शान्ति, स्थायित्व सम्मृद्धिमा भारतको सधै सहयोग रहने बताए । उनले नेपाल–भारत कूटनीतिक सम्बन्धको ७० बर्ष पूरा भएको अवसरमा दुई देशबीचको सम्बन्ध अझै बलियो हुने विश्वास व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन कांग्रेसको आग्रह
सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन कांग्रेसको आग्रह
  • २०७४ माघ १५, ०९: १४

काठमाडौं : नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज र कप्तानगञ्जमा भएका दुःखद घटना र त्यसपछिको तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक...

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
  • २०७४ माघ १५, ०९: १४

काठमाडौं : स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति...

नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ
नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ
  • २०७४ माघ १५, ०९: १४

काठमाडौँ ।  नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...