समानुपातिक विज्ञापन लागू गर्न समाजको जोड – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

समानुपातिक विज्ञापन लागू गर्न समाजको जोड

काठमाडौं । साना तथा स्वरोजगारमूलक संचारमाध्यमहरुको छाता संगठन लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजको केन्द्रीय समितिको बैठकले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न सरकारसँग आग्रह गरेको छ । २०६४ पछि सरकारले हालसम्म लोककल्याणकारी विज्ञापन रकममा कुनै पनि वृद्धि गरेको छैन ।

यो विषयमा विगत लामो समयदेखि साना तथा स्वरोजगारमूलक अखबारहरुको छाता संगठन लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजले सरकार समक्ष पटक पटक आवाज उठाउँदै आएको र सो बारेमा सरकारले अहिलेसम्म कुनै चासो नदेखाएकोले यथाशीघ्र समानुपातिक विज्ञापन प्रणालीबाट विज्ञापन उपलब्ध गराउनुपर्ने र समानुपातिक विज्ञापन प्रणाली लागू नहुन्जेल लोककल्याणकारी विज्ञापन दोब्बर गरिनुपर्ने माग राख्दै त्यसो नभए सशक्त आन्दोलनमा जाने तयारी समेत गरिरहेको समाजले जनाएको छ ।

यही शनिबार काठमाडौंमा केन्द्रीय समितिको बैठक बसी समाजले विभिन्न निर्णय समेत गरेको छ । जसअनुसार विधान संशोधन, वार्षिक साधारणसभा, मुलुकभर संगठन विस्तार लगायत विभिन्न निर्णय गरिएका छन् । समाजले २५ वर्ष पत्रकारिता गरिसकेका पत्रकारहरुलाई औषधी उपचारमा छूट, जीवन विमा, ५८ वर्ष पुगेका पत्रकारलाई पेन्सन सुविधा उपलब्ध गराउनुपर्ने माग लगायत संचार क्षेत्रसँग सम्बन्धित निर्णयहरु गरेको छ ।

सम्बन्धित समाचार

सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
  • २०७४ माघ १५, ०९: १६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता श्रेष्ठको उपचारका...

उज्यालो नेपाल पार्टीको निष्कर्ष: सुशासन, हरित विकास र आर्थिक रूपान्तरणमार्फत वैकल्पिक राष्ट्रिय शक्ति बन्ने
उज्यालो नेपाल पार्टीको निष्कर्ष: सुशासन, हरित विकास र आर्थिक रूपान्तरणमार्फत वैकल्पिक राष्ट्रिय शक्ति बन्ने
  • २०७४ माघ १५, ०९: १६

काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
  • २०७४ माघ १५, ०९: १६

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेलस्थित हेलिअस हस्पिटलमा उनको उपचारको क्रममा मंगलबार निधन...