समानुपातिक विज्ञापन लागू गर्न समाजको जोड – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

समानुपातिक विज्ञापन लागू गर्न समाजको जोड

काठमाडौं । साना तथा स्वरोजगारमूलक संचारमाध्यमहरुको छाता संगठन लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजको केन्द्रीय समितिको बैठकले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न सरकारसँग आग्रह गरेको छ । २०६४ पछि सरकारले हालसम्म लोककल्याणकारी विज्ञापन रकममा कुनै पनि वृद्धि गरेको छैन ।

यो विषयमा विगत लामो समयदेखि साना तथा स्वरोजगारमूलक अखबारहरुको छाता संगठन लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजले सरकार समक्ष पटक पटक आवाज उठाउँदै आएको र सो बारेमा सरकारले अहिलेसम्म कुनै चासो नदेखाएकोले यथाशीघ्र समानुपातिक विज्ञापन प्रणालीबाट विज्ञापन उपलब्ध गराउनुपर्ने र समानुपातिक विज्ञापन प्रणाली लागू नहुन्जेल लोककल्याणकारी विज्ञापन दोब्बर गरिनुपर्ने माग राख्दै त्यसो नभए सशक्त आन्दोलनमा जाने तयारी समेत गरिरहेको समाजले जनाएको छ ।

यही शनिबार काठमाडौंमा केन्द्रीय समितिको बैठक बसी समाजले विभिन्न निर्णय समेत गरेको छ । जसअनुसार विधान संशोधन, वार्षिक साधारणसभा, मुलुकभर संगठन विस्तार लगायत विभिन्न निर्णय गरिएका छन् । समाजले २५ वर्ष पत्रकारिता गरिसकेका पत्रकारहरुलाई औषधी उपचारमा छूट, जीवन विमा, ५८ वर्ष पुगेका पत्रकारलाई पेन्सन सुविधा उपलब्ध गराउनुपर्ने माग लगायत संचार क्षेत्रसँग सम्बन्धित निर्णयहरु गरेको छ ।

सम्बन्धित समाचार

आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
  • २०७४ माघ १५, ०९: १६

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...

काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
  • २०७४ माघ १५, ०९: १६

काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७४ माघ १५, ०९: १६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...