
काठमाडौं : जिल्ला अदालत काभ्रेपलाञ्चोकले खगेन्द्र सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको छ ।
विद्युतीय कारोवार ऐन बमोजिम पक्राउ पुर्जी जारी भएपछि फरार रहेका भनिएका सुनार आजै अदालतमा हाजिर भएका थिए । थुनछेक बहसपछि अदालतले ५० धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई ५० हजार धरौटीमा छोड्ने आदेश दिएको हो ।
उनीविरुद्ध अधिवक्ता मनिषा गौतमले साइबर अपराधको जाहेरी दिएकी थिइन् ।
काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...
काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...
नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...