बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय

ढाका : बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । हसिनामाथि गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहका बेला मानवता विरुद्धका गम्भीर अपराध गराएको तथा उक्साएको आरोप सिद्ध भएको न्यायाधिकरणले जनाएको छ ।

भारतमा निर्वासनमा रहेका बेला नै उनी अनुपस्थित अवस्थामा मुद्दाको सुनुवाइ सम्पन्न गरिएको थियो । उपलब्ध प्रमाण, बयान तथा अभिलेखका आधारमा अदालतले हसिनालाई दोषी ठहर गरेको हो ।

ढाकास्थित बीबीसी संवाददाता अरुणोदय मुखर्जीकाअनुसार फैसला सुनाइएलगत्तै अदालतभित्र तथा बाहिर उत्सवमय वातावरण देखियो । केही समूहमा रहेका व्यक्तिहरू ‘फाँसी दे’ जस्ता नारासमेत लगाइरहेको देखिएको उनले बताए । अदालत कक्षमै समेत केही सेकेन्ड खुशी व्यक्त भएपछि न्यायाधीशले शिष्टता कायम राख्न आग्रह गरेको उनले जानकारी दिए ।

हसिनाविरुद्धको फैसलापछि बंगलादेशी राजनीति र अन्तर्राष्ट्रिय प्रतिक्रिया कस्तो आउने हो भन्नेबारे चासो थपिएको छ ।

सम्बन्धित समाचार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
  • २०८२ मंसिर १, १५: १५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका...

धार्मिक सहिष्णुता कायम राख्न नेपाल पत्रकार महासंघको अपिल, हिंसात्मक घटनाप्रति चिन्ता
धार्मिक सहिष्णुता कायम राख्न नेपाल पत्रकार महासंघको अपिल, हिंसात्मक घटनाप्रति चिन्ता
  • २०८२ मंसिर १, १५: १५

काठमाडौं : नेपाल पत्रकार महासंघले देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका प्रदर्शन र झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता,...

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
  • २०८२ मंसिर १, १५: १५

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिरहालगायतका क्षेत्रमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील...