शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शनको घोषणा – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शनको घोषणा

काठमाडौँ : बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई दिइएको मृत्युदण्ड सजायको विरोधमा देशव्यापी आन्दोलनको घोषणा भएको छ ।

उनको पार्टी अवामी लिगले हिजोदेखि नोभेम्बर ३० सम्म देशभर विरोध प्रदर्शन र प्रतिरोध मार्च निकाल्ने घोषणा गरेको हो ।

पार्टीले हसिनालाई तोकिएको सजायलाई अवैध न्यायाधिकरणको अवैध फैसला बताउँदै यसलाई राजनीतिक षड्यन्त्र बताएको छ ।

नोभेम्बर १७ मा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले ७८ वर्षीया हसिना र तत्कालीन गृहमन्त्री असदुज्जामान खान कमाललाई मानवताविरुद्धको कसुरमा फाँसीको सजाय सुनाएको थियो ।

दुवै नेताको मुद्दा उनीहरूको अनुपस्थितिमा चलाइएको थियो । हसिना हाल भारतमा छिन् भने कमाल पनि भारतमै लुकेको हुनसक्ने आशंका गरिएको छ ।

गत वर्ष अगस्ट ५ मा विद्यार्थीको नेतृत्वमा भएको विरोध प्रदर्शनमा हसिना सरकारले दमन गर्दा लगभग १४ सय मानिस मारिएका थिए । त्यसपछि आन्दोलनले उग्र रूप लिँदा शेख हसिना पदच्यूत भएकी थिइन भने उनी देश छाडेर भाग्नुपर्ने स्थिति सिर्जना भएको थियो ।

सम्बन्धित समाचार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
  • २०८२ मंसिर १०, ११: ४५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका...

धार्मिक सहिष्णुता कायम राख्न नेपाल पत्रकार महासंघको अपिल, हिंसात्मक घटनाप्रति चिन्ता
धार्मिक सहिष्णुता कायम राख्न नेपाल पत्रकार महासंघको अपिल, हिंसात्मक घटनाप्रति चिन्ता
  • २०८२ मंसिर १०, ११: ४५

काठमाडौं : नेपाल पत्रकार महासंघले देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका प्रदर्शन र झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता,...

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
  • २०८२ मंसिर १०, ११: ४५

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिरहालगायतका क्षेत्रमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील...