
काठमाडौं : भारतले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को दोस्रो ग्लोबल समिट अन ट्रेडिसनल मेडिसिन आगामी डिसेम्बर १७ देखि १९, २०२५सम्म राजधानी नयाँदिल्लीमा आयोजना गर्ने भएको छ। सम्मेलनले समग्र स्वास्थ्य र कल्याणको भविष्य निर्धारण गर्न विश्वभरका नीति निर्माता, वैज्ञानिक तथा विज्ञहरूलाई एकै थलोमा ल्याउने लक्ष्य राखेको छ।
भारत सरकारको आयुष मन्त्रालयका अनुसार सम्मेलन डब्ल्यूएचओ र भारत सरकारको आयुष मन्त्रालयको संयुक्त आयोजनामा हुँदैछ। यसमा १०० भन्दा बढी देशका नीति निर्माता, वैज्ञानिक, परम्परागत चिकित्सक, आदिवासी ज्ञानका धारक तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
“सन्तुलन पुनःस्थापना: स्वास्थ्य र कल्याणको विज्ञान र अभ्यास” भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनले परम्परागत चिकित्साको प्रासङ्गिकता पुनः पुष्टि गर्दै, वैज्ञानिक प्रमाण र जिम्मेवार अभ्यासका आधारमा यसलाई स्वास्थ्य प्रणालीमा समावेश गर्ने विषयमा जोड दिनेछ। यो सम्मेलन सन् २०२३ मा गुजरातको गान्धीनगरमा सम्पन्न पहिलो डब्ल्यूएचओ ग्लोबल समिटको निरन्तरता हो।
डब्ल्यूएचओको ग्लोबल ट्रेडिसनल मेडिसिन रणनीति २०२५–२०३४को मार्गदर्शनमा सम्मेलनमा जनकेन्द्रित स्वास्थ्य सेवामा परम्परागत चिकित्साको एकीकरण, सशक्त शासन प्रणाली निर्माण, वैज्ञानिक अनुसन्धान प्रवर्द्धन तथा ग्रहको समग्र कल्याणजस्ता विषयमा छलफल हुनेछ।
तीनदिने सम्मेलनमा स्वास्थ्य प्रणालीमा सन्तुलन पुनःस्थापना, विज्ञान र नवप्रवर्तनमा लगानी, सुरक्षित तथा दिगो स्वास्थ्य सेवा मोडेल पुनर्कल्पना, साथै कृत्रिम बुद्धिमत्ता (एआई) सहितका डिजिटल प्रविधिको जिम्मेवार प्रयोग, तथ्यांक र मापदण्डमार्फत उत्तरदायित्व सुनिश्चित गर्ने विषयमा उच्चस्तरीय पूर्ण सत्रहरू आयोजना गरिनेछन्।
यसैगरी, सार्वजनिक स्वास्थ्य संरचनामा परम्परागत चिकित्साको नियमन तथा एकीकरण, जैविक विविधताको संरक्षण, आदिवासी ज्ञान तथा बौद्धिक सम्पत्ति अधिकारको सुरक्षा, र औषधीय स्रोतहरूको दिगो उपयोग जस्ता महत्वपूर्ण विषय पनि छलफलको केन्द्रमा रहनेछन्।
सम्मेलनमा १७० भन्दा बढी विज्ञले २५ भन्दा बढी सत्रमार्फत विचार राख्नेछन् भने २१ वटा चयनित नवप्रवर्तन पनि प्रस्तुत गरिनेछ। सम्मेलन हाइब्रिड माध्यमबाट सञ्चालन हुने भएकाले नयाँदिल्लीमा प्रत्यक्ष तथा अनलाइन दुवै माध्यमबाट सहभागिता जनाउन सकिनेछ।
यस सम्मेलनबाट परम्परागत चिकित्सालाई न्यायपूर्ण र दिगो विश्वव्यापी स्वास्थ्य प्रणालीको अभिन्न अंगका रूपमा विकास गर्न नयाँ पहल, सहकार्य र प्रतिबद्धता जन्मिने अपेक्षा गरिएको छ।
काठमाडौं : नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज र कप्तानगञ्जमा भएका दुःखद घटना र त्यसपछिको तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक...
काठमाडौं : स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति...
काठमाडौँ । नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...