सोमालियामा खडेरीका कारण ४६ लाख मानिस प्रभावित, सहयोगका लागि अपिल – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

सोमालियामा खडेरीका कारण ४६ लाख मानिस प्रभावित, सहयोगका लागि अपिल

काठमाडौँ : सोमालियामा खडेरीजन्य विपत्ति उल्लेखनीय रूपमा गहिरिँदै गएको अधिकारीहरूले सोमबार बताएका छन् । अधिकारीहरूले देशभरि लामो समयसम्म खडेरी रहँदा यसबाट ४६ लाख मानिसहरू प्रभावित भएका संयुक्त राष्ट्रसंघ (युएन) राहतमामिला हेर्ने निकायले बताएको छ ।

शरणार्थीसम्बन्धी राष्ट्रसंघीय नियोग (ओसीएचए) ले दुई मुख्य वर्षा ऋतुमा न्यून वर्षाका कारण खडेरी र यसका कारण निम्तिएको संकटले देशलाई गाँजेको छ। सहयोगको लागि कोषको कमीले यसलाई जटिल बनाएको छ र यसका कारण पहिले नै खराब मानवीय अवस्था रहेको सोमालियामा अझ खराब संकट निम्तिएको छ।

सोमालियाको राजधानी मोगादिसुमा जारी गरिएको पछिल्लो प्रतिवेदनमा सोमालियाका अधिकारीहरूले पशुपालन र खेतीयोग्य जीविकोपार्जनको सम्भावित पतन र जीवनलाई रोक्न तत्काल सहयोगको लागि अपिल गरिरहेका छन्।

आगामी चार महिना संकटको अवस्था बढ्ने अधिकारीहरूले चेतावनी दिएका छन् । अर्को वर्षा सन् २०२६ अप्रिलसम्म हुने अपेक्षा गरिएको छैन ।

ओसीएचएले भनेको छ, अर्को वर्ष जनवरीदेखि मार्चसम्म रहने सुख्खा मौसमले पहिले नै अवलोकन गरिएको खडेरीको अवस्था, पानीको अभाव, असामान्य पशुधन बसाइँसराइ र पशुधनको मृत्युमा वृद्धि हुने सम्भावना बढेको छ । यसलेसोमालियाका धेरै भागहरूमा तीव्र खाद्य असुरक्षा बढ्ने देखिएको अधिकारीहरूले बताएका छन् ।

विशेष गरी देशको मध्य, दक्षिणी र उत्तरी क्षेत्रहरूमा खडेरीको प्रभाव गम्भीर छ, तर यो अन्य क्षेत्रहरूमा पनि फैलिरहेको छ । यसले पहिले नै खाद्य संकटको अभाव झेलिरहेका समुदायहरूलाई थप किनारामा धकेलिरहेको छ ।

संयुक्त राष्ट्रसंघ आपत्कालीन राहत संयोजकले संयुक्त राष्ट्रसंघ केन्द्रीय आपत्कालीन प्रतिक्रिया कोषबाट खडेरीसँग जुध्न प्रारम्भिक कार्यको लागि एक करोड अमेरिकी डलर छुट्याएको छ । यसबाट छ लाख तीन हजारभन्दा बढी मानिसहरूलाई सहयोग गर्ने लक्ष्य लिइएको छ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन कांग्रेसको आग्रह
सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन कांग्रेसको आग्रह
  • २०८२ पुष ८, ११: ४१

काठमाडौं : नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज र कप्तानगञ्जमा भएका दुःखद घटना र त्यसपछिको तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक...

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
  • २०८२ पुष ८, ११: ४१

काठमाडौं : स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति...

नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ
नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ
  • २०८२ पुष ८, ११: ४१

काठमाडौँ ।  नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...