इरानसँग व्यापार गर्ने देशलाई २५ प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

इरानसँग व्यापार गर्ने देशलाई २५ प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूबाट अमेरिकामा आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । यो निर्णय सोमबारदेखि तत्काल लागु हुने उनले बताएका छन् ।

इरानमा जारी सरकारविरोधी प्रदर्शनका बीच यो कदमले तेहरानमाथि दबाब बढाउने अपेक्षा गरिएको छ । ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमध्ये चीन, इराक, यूएई, टर्की र भारत प्रमुख साझेदार रहेको उल्लेख गरिएको छ ।

यसैबीच, इरानमा मुद्रा अवमूल्यन र बढ्दो महँगीका कारण सुरु भएको प्रदर्शनमा सयौँको मृत्यु भएको दाबी गरिएको छ भने हजारौँ पक्राउ परेका छन् ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन कांग्रेसको आग्रह
सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन कांग्रेसको आग्रह
  • २०८२ पुष २९, ०८: ३५

काठमाडौं : नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज र कप्तानगञ्जमा भएका दुःखद घटना र त्यसपछिको तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक...

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
  • २०८२ पुष २९, ०८: ३५

काठमाडौं : स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति...

नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ
नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ
  • २०८२ पुष २९, ०८: ३५

काठमाडौँ ।  नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...