इरान र अमेरिकाबीच शुक्रबार ओमानमा वार्ता हुने – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

इरान र अमेरिकाबीच शुक्रबार ओमानमा वार्ता हुने

तेहरान : इरानले शुक्रबार ओमानमा अमेरिकासँग आणविक वार्ता गर्ने इरानी सञ्चारमाध्यमले जनाएका छन् ।

तस्निम समाचार एजेन्सीले बताएअनुसार ‘इरान र संयुक्तराज्य अमेरिकाबीच अप्रत्यक्ष वार्ता शुक्रबार मस्कटमा हुने र वार्ता आणविक मुद्दा र इरानमाथिको प्रतिबन्ध फुकुवामा मात्र सीमित हुनेछ’।

इरानी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री अब्बास अराघचीले गर्ने र इरानी प्रतिनिधिमण्डलमा वरिष्ठ कूटनीतिज्ञहरू माजिद तख्त–भाभान्ची र काजिम घारिबादी पनि रहनेछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर पनि वार्तामा सहभागी हुनसक्ने अमेरिकी कुटनीतिज्ञ स्टिभ विटकोफले जनाएका छन् ।

तेहरानले आफ्नो क्षेप्यास्त्र कार्यक्रम वा प्रतिरक्षा क्षमतासम्बन्धी वार्तालाई अस्वीकार गर्दै वार्ता आणविक मुद्दामा मात्र केन्द्रित हुनुपर्ने कुरामा बारम्बार जोड दिँदै आएको छ।

अराघची र विटकोफले गत वर्ष इरान र संयुक्त राज्य अमेरिकाबीच पाँच चरणको आणविक वार्ताको नेतृत्व गरेका थिए र त्यसपछि इजरायलले छैटौँ चरणको योजनाअघि एक्कासी १२ दिनसम्म बमबारी गरेपछि वार्ता अवरुद्ध भएको थियो।

तेहरान र वाशिङ्गटनबीच बढ्दो तनावको बीचमा शुक्रबारको वार्ता हुनेछ । संयुक्त राज्य अमेरिकाले हालैका दिनहरूमा इरानको सरकार विरोधी प्रदर्शनको दमनपछि मध्य पूर्वमा एक युद्धपोत समूह तैनाथ गरेको छ।

तेहरानले गत महिना भएको आन्दोलनका क्रममा तीन हजारभन्दा बढीको मृत्यु भएको स्वीकार गरेको छ । इरानमा शान्तिपूर्ण विरोध प्रदर्शनको रूपमा सुरु भएको आन्दोलन इरानका ‘कट्टर शत्रुहरू’ संयुक्त राज्य अमेरिका र इजरायलले भड्काएपछि हत्या र तोडफोड हुँदै व्यापक ‘दङ्गा’ मा परिणत भएको इरानी अधिकारीहरूले थियो।

अमेरिकास्थित गैरसरकारी संस्था ‘ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी’ले आन्दोलनमा छ हजार ८७२ प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको जनाएको छ ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन कांग्रेसको आग्रह
सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन कांग्रेसको आग्रह
  • २०८२ माघ २२, ११: ५८

काठमाडौं : नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज र कप्तानगञ्जमा भएका दुःखद घटना र त्यसपछिको तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक...

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
  • २०८२ माघ २२, ११: ५८

काठमाडौं : स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति...

नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ
नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ
  • २०८२ माघ २२, ११: ५८

काठमाडौँ ।  नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...