सप्तरीको तिलाठी कोइलाडीमा आगलागीमा परि १२ घरगोठ जले – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

सप्तरीको तिलाठी कोइलाडीमा आगलागीमा परि १२ घरगोठ जले

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आगलागी हुँदा १२ वटा घरगोठ जलेर नष्ट भएका छन् ।

स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट सल्किएको आगोले उनको दुईवटा घर र एउटा गाईगोठ जलेको प्रहरीले जनाएको छ । आगोले छिमेकी जुगाइ यादवको दुईवटा घर र एउटा गोठ, अनिल यादवको दुईवटा घर र एउटा गोठ तथा योगिन्द्र यादव, राजकुमार यादव र धीरेन्द्र यादवको एक–एक वटा घरसमेत जलेर नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचर तथा नगदसहित करिब ४५ लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिकाको बारुणयन्त्र, मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट पुगेको दमकल तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

दसैं मनाएर उपत्यका फर्किने बढ्दै
दसैं मनाएर उपत्यका फर्किने बढ्दै
  • २०८३ बैशाख २७, ०८: ४५

काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०८३ बैशाख २७, ०८: ४५

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०८३ बैशाख २७, ०८: ४५

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...