नेपाली कांग्रेसको १५औं महाधिवेशनलाई एकता र रुपान्तरणको मिलनबिन्दु बनाउने संकल्प – Naya Bikalpa
July 4, 2026, Saturday      Epaper

नेपाली कांग्रेसको १५औं महाधिवेशनलाई एकता र रुपान्तरणको मिलनबिन्दु बनाउने संकल्प

धरान : नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय र निर्देशानुसार पार्टीको आगामी १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको देशव्यापी क्रियाशील सदस्यता वितरण अभियान अन्तर्गत उदयपुर र सुनसरी जिल्लामा बृहत् अन्तरसंवाद तथा समन्वय कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन् । पार्टीलाई नयाँ युगमा प्रवेश गराउने र सांगठनिक सुदृढीकरण गर्ने उद्देश्यका साथ केन्द्रीय प्रतिनिधिहरू सम्मिलित टोलीले दुवै जिल्लाका तोकिएका क्षेत्रमा गहन अन्तरक्रिया गरेको हो।

उदयपुरमा आयोजित विशेष कार्यक्रममा सहमहामन्त्री डा. डिला संग्रौला पन्त, केन्द्रीय सदस्य दीपेनकुमार श्रेष्ठ र सुरेश सुब्बाको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नेताहरूले नेपाली कांग्रेसलाई पूर्ण रूपान्तरण गर्न र नयाँ युगको नेतृत्व गर्नका लागि क्रियाशील सदस्यताको अद्यावधिक र व्यवस्थित वितरण पहिलो अनिवार्य आधार भएको कुरामा जोड दिए । आगामी १५औँ महाधिवेशन सम्पूर्ण कांग्रेसजनका लागि आपसी एकता र रूपान्तरणको साझा ‘मिलनबिन्दु’ बन्नुपर्ने धारणा बैठकमा सर्वसम्मत रूपमा उठेको छ ।

अन्तरसंवादमा लोकतन्त्रको विकल्प केवल लोकतन्त्र नै हुने र पछिल्लो समय देखा परेका ‘जेन्जी मुभमेन्ट’ सहितका सुशासन तथा परिवर्तनका मुद्दाहरूलाई आत्मसात गर्ने सामर्थ्य केवल नेपाली कांग्रेससँग मात्रै रहेको सहमहामन्त्री संग्रौलाले बताइन् । अभियानको मूल मुद्दामध्ये पार्टीको ‘डिजिटलाइजेसन’ मुख्य आधार रहेको स्पष्ट पारिएको छ। कांग्रेसभित्र व्यापक अवसरहरू रहेको चर्चा गर्दै नेताहरूले स्थानीय समितिमा ३ जना युवालाई माथिल्लो तहमा लैजाने व्यवस्था र तल्लो तहमा पनि आरक्षण सुनिश्चित गरिएको जानकारी दिइन् । साथै, आगामी स्थानीय निर्वाचनमा कम्तीमा १०० जना महिलालाई प्रमुख पदको जिम्मेवारी र टिकट दिने पार्टीको नीति रहेको स्मरण गराउँदै युवा र महिलाका लागि कांग्रेस नै अवसरको खानी भएको सहमहामन्त्री संग्रौलाले बताइन् । कार्यक्रममा केन्द्रीय सदस्य सुरेश सुब्बाले समसामयिक राजनीतिक मुद्दाहरूलाई उठाउँदै कांग्रेसको वर्तमान अभियानका एजेन्डाहरूबारे स्पष्ट पारेका थिए ।

यसैगरी, सुनसरीको इनरवास्थित पार्टी कार्यालयमा अर्को भव्य समन्वय कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा डा. डिला संग्रौला पन्त, दीपेन्द्रकुमार श्रेष्ठ र सुरेश सुब्बाका साथै राजीव कोइराला र कुमार लुइँटेलको समेत विशेष उपस्थिति रहेको थियो ।

सुनसरी कांग्रेसले आयोजना गरेको उक्त कार्यक्रममा सुक्ष्म र घनीभूत अन्तरसंवाद चलेको थियो । छलफलका क्रममा सुनसरी जिल्लाका सबै वडाहरूमा नयाँ क्रियाशील सदस्यता वितरणको प्रक्रिया अभियानकै रूपमा सुरु भइसकेको जानकारी दिइयो । प्राविधिक वा विविध कारणले सदस्यता नवीकरण गर्नबाट छुटफुट भएका पुराना साथीहरूको हकमा तत्काल अद्यावधिक गर्ने निर्णय समेत बैठकले गरेको छ ।

सुनसरीको अन्तरसंवादमा सहभागी अगुवा नेता-कार्यकर्ताहरूले यो अभियानले पार्टीलाई नयाँ जीवन मात्र नभई नयाँ युगमा प्रवेश गराएको निष्कर्ष निकालेका छन् । मुलुकको रूपान्तरण र परिवर्तनको नेतृत्व केवल नेपाली कांग्रेसले मात्र हाँक्न सक्ने दाबी गर्दै उपस्थित सबैले पार्टी एकताको मुख्य आधार १५औँ महाधिवेशनलाई बनाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रमको समापन गर्दै सुनसरी कांग्रेसले केन्द्रीय समितिको यो अभियानलाई तीव्रताका साथ जिल्लाका प्रत्येक टोल र वडा-वडासम्म पुर्‍याउने सामूहिक प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

सम्बन्धित समाचार

सरकारले गर्‍यो सयदिने उपलब्धि सार्वजनिक (पूर्णपाठ)
सरकारले गर्‍यो सयदिने उपलब्धि सार्वजनिक (पूर्णपाठ)
  • २०८३ असार १६, २१: ०५

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह नेतृत्वको सरकारले आज सय दिने उपलब्धि सार्वजनिक गरेको छ ।...

बागमती सरकारको आ.व. २०८३/०८४ को बजेट पास
बागमती सरकारको आ.व. २०८३/०८४ को बजेट पास
  • २०८३ असार १६, २१: ०५

हेटौँडा : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट प्रदेशसभाबाट बहुमतले...

कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजी जारी
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजी जारी
  • २०८३ असार १६, २१: ०५

काठमाडौं : कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजी गर्न सोनार क्यामरा र म्याग्नेटसहितको टोली पठाइएको छ। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७...