जनताका घर-घरमा कांग्रेसको सन्देश पुर्‍याउन डिजिटल अभियानमा तीव्रता : डाक्टर संग्रौला – Naya Bikalpa
July 21, 2026, Tuesday      Epaper

जनताका घर-घरमा कांग्रेसको सन्देश पुर्‍याउन डिजिटल अभियानमा तीव्रता : डाक्टर संग्रौला

पाँचथर/इलाम : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीलाई देशकै प्रमुख राजनीतिक र संगठनात्मक शक्तिको रूपमा स्थापित गर्न देशव्यापी रूपमा विशेष सांगठनिक अभियान सञ्चालन भइरहेको बताएकी छिन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले तय गरेको नीति र निर्देशनबमोजिम सातबुँदे कार्ययोजना लिएर पूर्वी पहाडी जिल्लाहरू इलाम र पाँचथरको फिदिममा आयोजित सांगठनिक अन्तक्र्रिया तथा स्थानीय तहका जनप्रतिनिधिहरूसँगको विशेष छलफलपछि उनले सो कुरा बताएकी हुन् । प्रमुख अतिथिको रूपमा दुवै जिल्लाका कार्यक्रमहरूमा सहभागी भई फर्केकी सहमहामन्त्री डा. संग्रौलाले पार्टीभित्रको आन्तरिक एकतालाई थप मजबुत बनाउँदै आगामी १५औं महाधिवेशनलाई एकताको मुख्य केन्द्रविन्दु बनाउनुपर्नेमा जोड दिइन् ।

इलाममा जिल्ला कार्यवाहक सभापति खगेन्द्र देवानको सभापतित्वमा सम्पन्न भएको बृहत् बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू हिमालय कर्माचार्य, सूर्य सुब्बा, दीपेन कुमार श्रेष्ठ, शिवनारायण सिंह गनगाई तथा केन्द्रीय प्रतिनिधि यदु कुमार विष्ट लगायतका नेताहरूको उपस्थिति रहेको थियो । पार्टीले अघि सारेको क्रियाशील सदस्यता अध्यावधिक गर्ने, छुटेका सदस्यहरूलाई समेट्ने र अहिलेसम्म सदस्यता नवीकरण नगर्ने जनप्रतिनिधि तथा सांसदहरूको विवरण टिपोट गरी केन्द्रमा पठाउने निर्णय गरिएको छ ।

कांग्रेसले राष्ट्रिय शक्ति र जिम्मेवार प्रतिपक्षको भूमिकालाई सशक्त बनाउन देशभर १० लाख क्रियाशील सदस्य पुर्‍याउने लक्ष्य लिएको जानकारी दिँदै डा. संग्रौलाले डिजिटल माध्यमबाट घर–घरमा कांग्रेसको सन्देश र एजेन्डा पु¥याउने गरी अभियानलाई तीव्रता दिइएको स्पष्ट पारिन् ।

यसैगरी पाँचथरको फिदिममा आयोजित अगुवा कार्यकर्ता तथा जनप्रतिनिधि भेलामा जिल्ला सभापति रूपन जवेगु, सांसद नरेन्द्र केरुङ, केन्द्रीय नेताहरू हिमालय कर्माचार्य, सुरेश सुब्बा, दीपेन कुमार श्रेष्ठ, केन्द्रीय प्रतिनिधि राम सापकोटा, नेता रत्न कार्की सहित स्थानीय तहका मेयर, उपमेयर तथा गाउँपालिका अध्यक्षहरूको व्यापक सहभागिता रहेको थियो । पाँचथरमा ८५ प्रतिशतभन्दा बढी क्रियाशील सदस्यता अध्यावधिक भइसकेको र नयाँ वितरणको कार्य उत्साहजनक रूपमा अघि बढेको चर्चा गर्दै सहमहामन्त्री डा. संग्रौलाले विगतको निर्वाचनमा हासिल भएको ऐतिहासिक एकता र संसद दलको नेतृत्वलाई आगामी दिनमा पनि कायम राख्नुपर्ने बताइन् ।

उनले स्थानीय सरकारहरूलाई युवामैत्री र महिलामैत्री कार्यक्रम ल्याएर जनतासँग प्रत्यक्ष जोडिन निर्देशन दिइएको र स्थानीय बजेटमा समेत सोहीअनुसारको अपेक्षा राखिएको उल्लेख गरिन् ।

नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संघसंस्थाहरूलाई समयमै अधिवेशन सम्पन्न गरी गाउँ र टोलस्तरसम्म पुग्न तरुण दल लगायतका संस्थाहरू परिचालन भइसकेको जानकारी दिँदै उनले पार्टीभित्र रचनात्मक ढंगले प्रतिपक्षको भूमिका निर्वाह गरिने बताइन् ।

पूर्वी पहाडको आर्थिक रूपान्तरणका लागि इलामलाई प्रमुख पर्यटकीय केन्द्र तथा चिया र फलफूल उत्पादनको केन्द्रका रूपमा र पाँचथरलाई स्वास्थ्य, शिक्षा तथा अलैँची र चियाको बजार व्यवस्थापन हबका रूपमा विकास गर्न कांग्रेसले नीतिगत नेतृत्व लिनु पर्नेमा जोड दिइएको छ ।

पार्टीभित्रका सानातिना मतभेदहरूलाई अन्त्य गर्दै सबै एकीकृत शक्तिलाई आसन्न १५औं महाधिवेशनको तयारीमा केन्द्रित गराउन आफूहरू सफल भएको सहमहामन्त्री डा. संग्रौलाले बताइन् ।

सम्बन्धित समाचार

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
  • २०८३ असार १७, २०: ५४

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध...

सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
  • २०८३ असार १७, २०: ५४

काठमाडौं : सांसदहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ असार १७, २०: ५४

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय...