धनकुटामा जरा अभियानमा नयाँ क्रियाशील सदस्य वितरणमा तीव्रता – Naya Bikalpa
July 21, 2026, Tuesday      Epaper

धनकुटामा जरा अभियानमा नयाँ क्रियाशील सदस्य वितरणमा तीव्रता

धनकुटा : धनकुटामा कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई पहिलो प्राथमिकतामा राखेर धनकुटा कांग्रेसले अभियान सञ्चालन गरेको छ। अध्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा धनकुटाले अभियानलाई तीव्रता दिएको हो। यही १७ गते नेपाली कांग्रेस धनकुटाले ‘जरा अभियान’ अन्तर्गत क्रियाशील सदस्यता वितरण र अध्यावधिक कार्यलाई पहिलो प्राथमिकताका साथ अभियान सञ्चालन गरेको धनकुटामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य नगेन्द्र कुमालले बताए।

कांग्रेस अहिले संगठन विस्तार र सुदृढीकरण अभियानमा तीव्र रूपमा लागिरहेको बताउँदै केन्द्रीय सदस्य कुमालले सबै कांग्रेसबीच सम्पर्क तथा संवाद हुने यस अभियानमा सहभागी हुन आग्रह गरे।

संविधानसभा सदस्य तथा महासमिति सदस्य लीला सुब्बाले प्रत्येक वडामा गएर महिलाहरूलाई क्रियाशील सदस्यता बनाउन सबैलाई आग्रह गरिन्। नेपाली कांग्रेसका नेता तथा महासमिति सदस्य आनन्द सन्तोषी राईले कांग्रेसलाई कसैले पनि समाप्त गर्न नसक्ने बताए।

नेपाली कांग्रेस धनकुटाका सचिव विजयन्ती राईको अध्यक्षतामा भएको कार्यक्रममा महासमिति सदस्य सीता श्रेष्ठ प्रधान, जिल्ला सदस्यहरू रविन्द्र नेपाली, रमेश बस्नेत, गोविन्द वाग्ले, बुद्धिकान्त घिमिरे, वडाध्यक्ष तथा जिल्ला सदस्य धनकुमार राई, प्रदेश सभा क्षेत्रीय सभापति राजन पौडेल, क्षेत्रीय उपसभापति तथा वडा अध्यक्ष मिलन खड्की, लोकतान्त्रिक खेलकुद महासङ्घका अध्यक्ष शम्भु प्रधान, नेपाल किसान महासङ्घ धनकुटाका अध्यक्ष दिलकुमार राई, तरुण दल धनकुटाका अध्यक्ष तथा केन्द्रीय प्रतिनिधि युवराज पराजुली, प्रजातन्त्र सेनानी संघ धनकुटाका अध्यक्ष दिनेश भण्डारी, नेपाल महिला संघ धनकुटाकी सचिव संगीता चापागाई, सहसचिव जानुका सुन्दास, कार्यपालिका सदस्य कृष्णमाया श्रेष्ठ, कुसुम जोशी लगायत जिल्ला खेलकुद विकास समिति धनकुटाका उपाध्यक्ष प्रीति आठपरियाले नेपाली कांग्रेसले महिला तथा युवाहरूलाई नेतृत्वमा पुर्‍याउनुपर्नेमा जोड दिए।

यसैगरी धनकुटा नगरपालिका वडा नं. ५ का निर्वाचित वडा सदस्य गोविन्द राई, नेपाली कांग्रेस ८ नं. वडाका नेता रुजन राई, नेपाल महिला सङ्घकी सहसचिव कमला बस्नेत पाण्डे, सदस्यहरू शर्मिला बस्नेत, कमला ठकुरी, हिरा थापा, इन्दु खान ठकुरी, झरीला रिजाल, चन्द्र राई, सीता राई, गीता लिम्बु, शर्मिला राई, सबिना राई, तरुण दलका सुदर्शन राई, महेन्द्र राई, दिपेश राई, सबिन राई, ओम राई, लजिरमान राई, राजेश राई, तारा बहादुर राई लगायतले नेपाली कांग्रेसलाई बलियो बनाउन टोलटोलमा गएर युवा तथा महिलाहरूलाई पार्टीमा आबद्ध गराई क्रियाशील सदस्यता वितरण गर्नुपर्नेमा जोड दिएका थिए। उक्त अभियानमा नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष संजय सन्तोषी राई लगायत सञ्चारकर्मीहरू तथा सामाजिक क्षेत्रका बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
  • २०८३ असार १८, १६: २०

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध...

सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
  • २०८३ असार १८, १६: २०

काठमाडौं : सांसदहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ असार १८, १६: २०

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय...