चितवन जिल्लामा क्रियाशील वितरण अभियानले लियो तीव्रता – Naya Bikalpa
July 21, 2026, Tuesday      Epaper

चितवन जिल्लामा क्रियाशील वितरण अभियानले लियो तीव्रता

चितवन : चितवन कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरण तीव्रताका साथ अगाडि बढिरहेको केन्द्रीय प्रतिनिधि एवं कांग्रेस केन्द्रीय सदस्य डा. केदार नरसिंह केसीले बताएका छन्।

अध्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा चितवन कांग्रेसले सदस्यता वितरण अभियानलाई तीव्रता दिएको हो। यही १३ गते नेपाली कांग्रेस चितवनले ‘जरा अभियान’ अन्तर्गत क्रियाशील सदस्यता वितरण र अध्यावधिक कार्यलाई पहिलो प्राथमिकतामा राखेकाले जिल्ला सभापति राजेश्वर खनालले जिल्लाबाट सबै क्षेत्रमा पत्राचार गरी क्षेत्रीय सभापतिहरू, जिल्लाका पुराना नेतादेखि नवयुवासम्मलाई एकैसाथ उपस्थित गराएका थिए।

एकैसाथ उपस्थित गराइएका पूर्व सभापतिदेखि भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखसम्मले अभियान सञ्चालनमा लागिपर्ने बताएका छन्।

चितवनमा क्रियाशील सदस्यता अध्यावधिक तथा नवयुवालाई क्रियाशील सदस्यता वितरण कार्यक्रमअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि डा. केदार नरसिंह केसीले वर्तमान राजनीतिक अवस्थामा कांग्रेसभित्रको एकता कायम गर्दै नवयुवा पुस्तालाई पार्टीभित्र समेटेर उचित स्थान दिनुपर्ने बताए।

कांग्रेस अहिले संगठन विस्तार र सुदृढीकरण अभियानमा तीव्र रूपमा लागिरहेको बताउँदै केन्द्रीय सदस्य केसीले सबै कांग्रेसजनबीच सम्पर्क तथा संवाद हुने यस अभियानमा लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई सहभागी हुन आग्रह गरे।

अभियान कार्यक्रममा चितवन जिल्लाका पूर्व सभापतिहरू, क्षेत्रीय सभापतिहरू, जिल्ला पदाधिकारीहरू, क्षेत्रीय पदाधिकारीहरू, प्रदेश सभापतिहरू तथा महासमिति सदस्यहरूले प्रत्येक वडामा पुगेर नवयुवा र महिलाहरूलाई क्रियाशील सदस्यता दिलाउन लागिपर्ने बताएका छन्।

नेपाली कांग्रेसको वर्चस्व रहेको चितवन जिल्ला केही समयअघिदेखि कांग्रेसभित्रकै मतभेदका कारण पराजित हुँदै आएकाले अब सबै मिलेर पुरानो शाख फर्काउने सहभागीहरूले प्रतिबद्धता व्यक्त गरेका छन्। पूर्व सभापतिहरूले कांग्रेसलाई कसैले पनि समाप्त गर्न नसक्ने बताएका छन्।

चितवन जिल्लाका भ्रातृ तथा शुभेच्छुक संस्थादेखि नेता–कार्यकर्तासम्ममा आएको उत्साहले फेरि चितवन कांग्रेस संगठन विस्तारमा लागिपरेकाले क्रियाशील सदस्यता वितरण उल्लेखनीय रूपमा अगाडि बढिरहेको डा. केसीले बताए।

यतिबेला नेपाली कांग्रेसलाई बलियो बनाउन टोलटोलमा गएर नवयुवा र महिलाहरूलाई पार्टीमा आबद्ध गराई क्रियाशील सदस्यता वितरण कार्य धमाधम भइरहेको चितवन कांग्रेसले जनाएको छ।

सम्बन्धित समाचार

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
  • २०८३ असार १८, २१: २०

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध...

सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
  • २०८३ असार १८, २१: २०

काठमाडौं : सांसदहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ असार १८, २१: २०

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय...