काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–२ आलापोट बस्दै आएका २६ वर्षीय अवतार सिंह तामाङ र काठमाडौंको सुन्दरीजल निवासी ५४ वर्षीय अम्बक तामाङ रहेका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार गएराति करिब १ बजे सुन्दरीजल क्षेत्रमा शंकास्पद अवस्थामा बा ८३ प ४३७७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथबाट करिब ३० किलो गाँजा बरामद गरिएको हो। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ।

दुवै जनालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ। उनीहरूमाथि लागूऔषध ओसारपसारसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

दसैं मनाएर उपत्यका फर्किने बढ्दै
दसैं मनाएर उपत्यका फर्किने बढ्दै
  • २०८३ श्रावण १०, ११: ०८

काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०८३ श्रावण १०, ११: ०८

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०८३ श्रावण १०, ११: ०८

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...