
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आइतबार राति १२ देखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको छ ।
निगमले पेट्रोल प्रतिलिटर ३, डिजेल र मट्टितेल ५ रुपैयाँले वृद्धि गरेको छ । यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले वृद्धि भएको छ ।
इण्डियन आयल कर्पोरेसनले ३१ जुलाई २०२६ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २० रुपैयाँ १९ पैसा, डिजेलमा ३९ रुपैयाँ ६७ पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ छ पैसा बढेर आएको छ ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर २०० रुपैयाँ पुगेको छ । सुर्खेत र दाङमा १९९ रुपैयाँ कायम भएको छ । त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १९७ रुपैयाँ ५० पैसा पुगेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।
यसअघि पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १९५ रुपैयाँ रहेको थियो । पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रूपमा १ अर्ब ४९ करोडबराबरको घाटा हुने आज जारी विज्ञप्तिमा उल्लेख छ ।
चितवन । लगातारको वर्षापछि मुग्लिन–नारायणगढ सडकखण्डका तीन स्थानमा ढुंगा र लेदो खस्दा सडक एकतर्फी सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय...
काठमाडौं : आज देशभर सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । विशेषगरी पहाडी भू–भागका धेरै...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सूचना प्रविधि (आइटी) क्षेत्रको विश्वव्यापी प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेपालले नीतिगत सुधार र कार्यान्वयनमा...