पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी – Naya Bikalpa
August 2, 2026, Sunday      Epaper

पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी

काठमाडौं : नेपाल पत्रकार महासंघको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन-२०२६’ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी पत्रकारका अधिकारको कार्यान्वयन, प्रवास पत्रकारिताको संस्थागत सुदृढीकरणलगायत विषयमा नौ बुँदे ‘टोकियो घोषणापत्र’ जारी गरेको छ ।

घोषणापत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका आधुनिक प्रविधिसम्बन्धी नीतिगत व्यवस्था गर्न आग्रह गरिएको छ । नेपाल-जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा महासंघ, जापान शाखाको आयोजना र महासंघका सबै वैदेशिक शाखा (युरोप, युके, बेल्जियम, कुवेत, कतार, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स र भारत शाखा) को सहआयोजना एवं महासंघसँग आबद्ध संस्था नेपाल अमेरिका पत्रकार संघ र नेपाल अष्ट्रेलिया पत्रकार संघको सहकार्यमा सम्पन्न भएको थियो । सम्मेलनपश्चात् आज यहाँ विज्ञप्ति जारी गर्दै घोषणापत्र सार्वजनिक गरिएको हो ।

महासंघकी अध्यक्ष निर्मला शर्मा, पदाधिकारीहरू, प्रदेश र जिल्ला शाखाका नेतृत्वकर्ता, वैदेशिक शाखाका पदाधिकारी र सञ्चारकर्मीको सहभागिता रहेको सम्मेलनले संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अङ्कुश लगाउन नहुनेमा जोड दिएको छ । महासंघद्वारा जारी विज्ञप्तिमा प्रेसमैत्री वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गर्दै सञ्चारसम्बन्धी कानुन निर्माण वा संशोधन गर्दा सरोकार भएका निकायका प्रतिनिधिसँग परामर्श गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ ।

सम्मेलनले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, न्यूनतम् पारिश्रमिक, सेवा-सुविधा, सामाजिक सुरक्षा, नियुक्तिपत्र, बिमा तथा अन्य श्रमिक अधिकार सुनिश्चित गर्न सञ्चारसंस्था र सरकार दुवैको ध्यानाकर्षण गराएको छ । साथै सूचना तथा सञ्चार प्रविधिको तीव्र विकास तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट उत्पन्न चुनौती व्यवस्थापनका लागि आवश्यक नीति तथा नियामकीय व्यवस्था निर्माण गर्न आग्रह गरिएको छ ।

घोषणापत्रमा प्रवासमा रही नेपाली भाषा, साहित्य, संस्कृति र राष्ट्रिय हितको प्रवर्द्धन गर्दै पत्रकारिता गरिरहेका पत्रकारप्रति सम्मान व्यक्त गर्दै महासंघको विधान संशोधनमार्फत वैदेशिक शाखामा आबद्ध सदस्यलाई चुन्ने र चुनिने अधिकार सुनिश्चित गर्न पहल गरिने उल्लेख छ ।

सम्मेलनले प्रवासमा रहेका नेपाली पत्रकारले आर्जन गरेको ज्ञान, सीप, अनुसन्धान अनुभव तथा आधुनिक सञ्चार अभ्यासलाई नेपालको पत्रकारिता विकासमा उपयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । सम्मेलनले विदेशमा कार्यरत नेपाली पत्रकारको योगदानको सम्मान स्वरूप ‘एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णयसमेत गरेको जनाइएको छ ।

सम्बन्धित समाचार

संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
  • २०८३ श्रावण १७, १७: ५१

जनकपुर । संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच आइतबार पुनः वार्ता भएको छ। जनकपुरधामस्थित यात्री निवास होटलमा भएको छलफलमा...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीप्रति नेपाल सरकारको श्रद्धाञ्जली, शव स्वदेश ल्याउन समन्वय तीव्र
ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीप्रति नेपाल सरकारको श्रद्धाञ्जली, शव स्वदेश ल्याउन समन्वय तीव्र
  • २०८३ श्रावण १७, १७: ५१

काठमाडौं । पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक आरोहणका क्रममा गएको भीषण हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली तथा विदेशी...

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
  • २०८३ श्रावण १७, १७: ५१

काठमाडौं : नेपाल सरकारले विश्वको १२औं अग्लो हिमाल ‘ब्रोड पिक’ आरोहणका क्रममा यही साउन १४ गते क्याम्प–२ बाट क्याम्प–३ जाने...