सुनचाँदीको मूल्य घट्यो – Naya Bikalpa
August 3, 2026, Monday      Epaper

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३१५ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार र चाँदी रु चार हजार ३६० कायम भएको थियो । बिहीबार एक तोला सुन रु दुई लाख ८४ हजार र चाँदी रु चार हजार ३१० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६३ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।

सम्बन्धित समाचार

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
  • २०८३ श्रावण १७, ११: ४४

काठमाडौं : परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार दिउँसो पक्राउ...

सिन्धुलीमा बसको ठक्करपछि कार सुनकोसी नदीमा खस्यो, तीन जना बेपत्ता
सिन्धुलीमा बसको ठक्करपछि कार सुनकोसी नदीमा खस्यो, तीन जना बेपत्ता
  • २०८३ श्रावण १७, ११: ४४

रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–२ स्थित नवलपुर पुल नजिक बसको ठक्करपछि एक यात्रुवाहक कार सुनकोसी नदीमा खसेको छ। जिल्ला प्रहरी...

सुनकोशी नदीमा खस्यो कार
सुनकोशी नदीमा खस्यो कार
  • २०८३ श्रावण १७, ११: ४४

काठमाडौं : सिन्धुलीस्थित सुनकोशी नदीमा कार खसेको छ । सोमबार फिक्कल गाउँपालिका-२ नवलपुरमा विपरीत दिशाबाट आइरहेको बसले ‍ठक्कर दिँदा कार...