
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र पारिएको छ ।
भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचना प्राप्त भएपछि अनुगमन कडाइ गरिएको हो ।
उद्योग मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीका अनुसार बजार अनुगमनलाई निरन्तरताका साथै प्रभावकारी बनाइएको छ भने आपूर्तिमा क्रमशः सहजता आउन थालेको छ ।
ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि कृत्रिम अभाव देखाएर उपभोक्तालाई समस्यामा पार्ने तथा महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न उद्योगमन्त्री गौरीकुमारी यादवले गृहमन्त्री सुधन गुरुङसँग अनुगमनका लागि काठमाडौं उपत्यकाका डिपोहरूमा सुरक्षाकर्मी परिचालन गर्न आग्रह गरेकी थिइन् ।
मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई आवश्यक समन्वय र सहजीकरणका लागि निर्देशन दिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्यो । कतिपय बाढीमा...
काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...
काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...