स्वदेश फर्केलगत्तै देउवाले गरे पार्टी एकताको आह्वान – Naya Bikalpa
September 5, 2026, Saturday      Epaper

स्वदेश फर्केलगत्तै देउवाले गरे पार्टी एकताको आह्वान

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पाँच महिना लामो उपचारपछि स्वदेश फर्किएका छन् । सिंगापुरमा स्वास्थ्य उपचार गराएर बिहीबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका देउवाले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

स्वदेश फर्किएलगत्तै अपिल गर्दै उनले आफू सेवाभावका साथ पुनः जनतामाझ आएको बताएका छन् । “म विनम्र सेवकका रूपमा यहाँ उपस्थित भएको छु- सुन्न, सिक्न र समुन्नत राष्ट्र निर्माणको यात्रामा समर्पित हुन,” उनले उल्लेख गरेका छन् । उपचारपछि फर्किँदा आफू कृतज्ञताले भरिएको र परिवर्तनको भावनालाई आत्मसात् गर्न तयार रहेको पनि उनको भनाइ छ ।

लामो समयपछि काठमाडौं फर्किएका देउवाले नेपाली कांग्रेसभित्र एकताको आवश्यकता औंल्याउँदै पार्टी पंक्तिलाई एकजुट हुन आह्वान गरेका छन् । उनले आफू कुनै पद वा शक्ति हासिल गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्ने उद्देश्यसहित सक्रिय भएको स्पष्ट पारेका छन् ।

देउवाले कांग्रेसले आन्तरिक रूपमा मात्र होइन, देशका अन्य राजनीतिक दलहरूसँग पनि सहमति र सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । पार्टीभित्र देखिएका असहमति, निराशा र विवादलाई तत्काल समाधान गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

“देशकै प्रमुख दलमा विवाद हुँदा राष्ट्रियता नै कमजोर बन्न सक्छ,” उनले भने, “कांग्रेस सधैं सामूहिकतामा विश्वास गर्ने पार्टी हो, त्यसैले सबैले त्याग, बलिदान र संघर्षको भावना लिएर अघि बढ्नुपर्छ ।” उनले पार्टी व्यक्तिगत अहंकारभन्दा माथि उठेर जनताको सर्वोपरि हितलाई केन्द्रमा राख्नुपर्ने धारणा व्यक्त गरे ।

वि.सं. २०३३ सालमा बिपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको प्रसंग स्मरण गर्दै देउवाले वर्तमान अवस्थामा पनि सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता औँल्याएका छन् । “म नेता बनेर होइन, यस राष्ट्रको आजीवन नागरिकका रूपमा फर्किएको हुँ,” उनले उल्लेख गरेका छन् ।

देउवाले अन्त्यमा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र विधिको शासनप्रति आफ्नो अटुट प्रतिबद्धता दोहोर्‍याएका छन् ।

सम्बन्धित समाचार

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०८३ श्रावण २८, १३: ५९

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
  • २०८३ श्रावण २८, १३: ५९

काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...

३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
  • २०८३ श्रावण २८, १३: ५९

काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...