
मकवानपुर : मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा मंगलवार बिहान भएको सवारी दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश र रजिस्ट्रारसहित ६ जना घाइते भएका छन् ।
प्रहरीकाअनुसार काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको सरकारी स्कारपियो जिप बिहान करिव ७ बजे अनियन्त्रित भई सडकबाट करिव ६० मिटर तल खोल्सामा खसेको थियो ।
दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिस्ट्रार तारादत्त बडू, उनकी श्रीमती लक्ष्मी बडू, छोरा रितेन्द्र बडू, छोरी रिता बडू र चालक छुनिलाल चौधरी घाइते भएका छन् । घाइतेमध्ये लक्ष्मी बडूको अवस्था गम्भीर रहेको र अन्य पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको प्रारम्भिक उपचार भीमफेदी अस्पतालमा गरिएको थियो । थप उपचारका लागि चालक चौधरी र रजिस्ट्रार बडूलाई हेटौंडा अस्पताल पठाइएको छ भने मुख्य न्यायाधीश डाँगीसहित चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित श्री वीरेन्द्र अस्पताल, छाउनी ल्याइएको छ ।
मुख्य न्यायाधीश डाँगीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । अन्य घाइतेहरूको पनि टाउको र शरीरका विभिन्न अङ्गमा चोट लागेको प्रहरीले जनाएको छ । घ
टनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीसहितको टोली घटनास्थल पुगेको थियो ।
दुर्घटनाग्रस्त सवारी साधन घटनास्थलमै रहेको र हाल सडकमा यातायात सञ्चालन सुचारु रहेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको...
काठमाडौं : सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका ११ वटा प्रमुख निर्णय सार्वजनिक गरेको छ । शिक्षा तथा खेलकुद मन्त्री...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले चालु आर्थिक वर्षमा गरिने मुख्य काम तथा हासिल गर्नुपर्ने उपलब्धिलाई लक्षित गर्दै मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता...