
काठमाडौं : महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलबभत्ता अर्धमासिक रुपमा भुक्तानी गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ ।
सोमबार कोष तथा लेखा नियन्त्रक कार्यालय सबै निवृत्तभरण व्यवस्थापन कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गरी संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत राष्ट्रसेवकलाई हरेक १५ दिन पुगेपछि अर्धमासिक रुपमा तलबभत्ता भुक्तानी गर्न पत्राचार भएको हो ।
अर्थमन्त्रीस्तरको २०८३ वैशाख ४ गतेको नीतिगत मार्गदर्शन अनुसार संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीले १५ दिन काम गरिसकेपछि तलबभत्ता उपलब्ध गराउन अनुरोध भएको छ ।
त्यस्तैगरी, बजेट वक्तव्य २०८३/८४ अनुसारको कर्मचारी प्रोत्साहन भत्तासमेत भुक्तानी गर्नु गराउनुहुन एवं कोष तथा लेखा नियन्त्रक कार्यालयको कार्य क्षेत्रभित्रका संघीय सरकारी निकायबाट माथि उल्लेख भए बमोजिम भुक्तानीको लागि निकासा माग भई आएमा सोहीअनुसार भुक्तानी गर्न पनि अनुरोध भएको छ ।
काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको...
काठमाडौं : सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका ११ वटा प्रमुख निर्णय सार्वजनिक गरेको छ । शिक्षा तथा खेलकुद मन्त्री...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले चालु आर्थिक वर्षमा गरिने मुख्य काम तथा हासिल गर्नुपर्ने उपलब्धिलाई लक्षित गर्दै मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता...