बाढीपीडितका लागि भारतद्वारा छैटौं र सातौं खेप राहत सामग्री हस्तान्तरण – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

बाढीपीडितका लागि भारतद्वारा छैटौं र सातौं खेप राहत सामग्री हस्तान्तरण

काठमाडौं : बाढी प्रभावित नेपालका लागि भारतको मानवीय सहायता निरन्तर जारी छ। छैटौँ र सातौँ राहत उडानमार्फत बिहीबार राति कुल २१.५ टन राहत सामग्री काठमाडौं ल्याइएको छ।

यसपटक पठाइएका सामग्रीमा जारी उद्धार तथा राहत कार्यका लागि आवश्यक फोरेन्सिक किट र स्वास्थ्य उपकरणहरू सामेल छन्।

भारतीय विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै दुवै सी-१३०जे विमान राहत सामग्रीसहित काठमाडौं अवतरण गरेको जनाएको छ। ती सामग्री नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरिएको छ।

india aid 3

‘दुवै सी-१३०जे विमान २१.५ टन मानवीय सहायता लिएर काठमाडौंमा अवतरण गरेका छन्,’ मन्त्रालयले भनेको छ, ‘यो सामग्री मन्त्री महावीर पुनलाई हस्तान्तरण गरियो। यस सहायताले बाढी प्रभावित क्षेत्रमा जारी राहत र उद्धार कार्यमा सहयोग पुर्‍याउनेछ।’

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि पछिल्लो सहायता रसुवाको पहिरो तथा बाढीपछि भारतले दिएको निरन्तर सहयोगकै निरन्तरता भएको बताएका छन्। ‘रसुवाको बाढीपछि नेपालको राहत प्रयासमा भारतको सहयोग जारी छ,’ श्रीवास्तवले एक्समा लेखेका छन्, ‘छैटौँ र सातौँ उडानबाट फोरेन्सिक किट र मेडिकल सामग्रीसहित २१.५ टन राहत सामग्री काठमाडौँ आइपुगेको छ।’

उनले ती सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको र यसले बाढीबाट प्रभावित समुदायलाई राहत पुर्‍याउने उल्लेख गरेका छन्। गत हप्ता बुधबार आएको विनाशकारी बाढीलगत्तै भारतले राहत कार्य सुरु गरेको थियो। पहिलो भारतीय राहत विमान अगस्ट २६ मा १० टन सामग्री लिएर नेपाल आएको थियो। जसमा अस्थायी आश्रयस्थल, कम्बल, सरसफाइ किट, सोलार बत्ती र औषधि थिए।

india aid 2

त्यस्तै अगस्ट २७ मा दोस्रो विमानमार्फत ३७.५ टन सामग्री ल्याइएको थियो। जसमा टेन्ट, कम्बल, सरसफाइ किट, सोलार बत्ती, पानी तान्ने पम्प, भान्साका सामान, जेनेरेटर, औषधि र खाद्यान्न थिए। त्यसपछि तेस्रो खेपमा थप १० टन सहायता आयो। अगस्ट ३० मा चौथो विमान ११ टन राहत लिएर नेपाल अवतरण गर्‍यो। त्यसमा खोज तथा उद्धारका लागि प्राविधिक टोली, डिएनए विश्लेषणका लागि फोरेन्सिक विशेषज्ञको टोली, कम्बल, स्लिपिङ ब्याग, त्रिपाल र सरसफाइ किट थिए।

सेप्टेम्बर २ मा भारतले पाँचौँ विमानमार्फत ११ सदस्यीय उद्धार टोली, विशेष उपकरण र ५.५ टन अत्यावश्यक औषधि पठाएको थियो। नेपालले रसुवा बाढीको विनाशकारी प्रभाव सामना गरिरहेका बेला पछिल्लो सहयोग आइपुगेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबारसम्म मृतकको सङ्ख्या १ हजार २९० पुगेको छ।

सम्बन्धित समाचार

कृष्णभीरमा ट्र्याक खोल्न थालियो
कृष्णभीरमा ट्र्याक खोल्न थालियो
  • २०८३ भाद्र १९, ११: ११

चितवन : पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम आज बिहानदेखि सुरु गरिएको छ । दुई दिनसम्म रुख र...

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको सकुशल उद्धार, गृहमन्त्री गुरुङको फिल्ड सक्रियतामाथि प्रश्न
त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको सकुशल उद्धार, गृहमन्त्री गुरुङको फिल्ड सक्रियतामाथि प्रश्न
  • २०८३ भाद्र १९, ११: ११

काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले...

त्रिशूली-३ ‘ए’ बाट दुई जनाको सकुशल उद्धार
त्रिशूली-३ ‘ए’ बाट दुई जनाको सकुशल उद्धार
  • २०८३ भाद्र १९, ११: ११

काठमाडौं : माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकाहरूमा आयोजनामा...