कांग्रेसको १५औं महाअधिवेशनको सुनिश्चिततासँगै कार्यतालिका सार्वजनिक – Naya Bikalpa
September 12, 2026, Saturday      Epaper

कांग्रेसको १५औं महाअधिवेशनको सुनिश्चिततासँगै कार्यतालिका सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत पहिलो चरणको विभिन्न तह र निकायको निर्वाचनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले पत्रकार सम्मेलन गरेर संशोधित कार्यतालिका सार्वजनिक गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यसमितिको २०८२ चैत्र ११ गतेको निर्णय बमोजिम आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने वैधानिक दायित्वलाई मध्यनजर गर्दै यो नयाँ कार्यतालिका ल्याइएको हो ।

यसअघि केन्द्रीय कार्यसमितिको २०८३ साउन २४ देखि भदौ १ गतेसम्म बसेको बैठकको निर्देशन र निर्वाचन समितिको भदौ २ गतेको निर्णय अनुसार भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने गरी परिमार्जित कार्यतालिका सार्वजनिक गरिएको थियो ।

तर, २०८३ भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले निम्त्याएको महाविपत्ति, जनधनको क्षति र विभिन्न जिल्ला तथा क्षेत्रबाट प्राप्त राय, सल्लाह र सुझावलाई ध्यानमा राखी पूर्व निर्धारित मितिमै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी यो विस्तृत समयतालिका तय गरिएको समितिले जनाएको छ ।

May be an image of text

May be an illustration of map, blueprint, floor plan and text

सम्बन्धित समाचार

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ भाद्र २३, १५: ३८

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ। शनिबार...

संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा
संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा
  • २०८३ भाद्र २३, १५: ३८

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अदालतको फैसला, नेपालको संविधान र पार्टीको विधानका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै...

निवर्तमान सहमहामन्त्री डिना उपाध्यायको संयोजनमा कांग्रेस एकै भएर १५औं महाअधिवेशन गराउने सहमति नजिक
निवर्तमान सहमहामन्त्री डिना उपाध्यायको संयोजनमा कांग्रेस एकै भएर १५औं महाअधिवेशन गराउने सहमति नजिक
  • २०८३ भाद्र २३, १५: ३८

काठमाडौं : नेपाली कांग्रेसले महाअधिवेनको तालिका सार्वजनिक गरे पश्चात् देउवा समुहमा रहेका २८ केन्द्रीय सदस्यहरुमध्ये २७ जनाले देउवालाई छाडेर मुल...