बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ ।

सङ्घले आश्रय स्थलमै पुगेर उनीहरुलाइ अत्यावश्यक सामग्रीहरू वितरण गर्ने अभियान नै चलाएको छ। उनीहरुको आधारभूत आवश्यकता परिपूर्तिका लागि महिला सङ्घले नुवाकोट, धादिङ र काठमाडौँका विभिन्न सेल्टरहरूमै पुगेर राहत सामग्रीहरू वितरण गरेको हो ।

प्राकृतिक विपत्तिमा परेका विशेष गरी महिला र बालबालिकाहरूको स्वास्थ्य, सुरक्षा र आत्मसम्मानको संरक्षण मुख्य ध्यान दिएको महिला सङ्घकी अध्यक्ष मीनाकुमारी खरेलले जानकारी दिएकी छिन्।

बाढीका कारण रसुवाबाट विस्थापित भएर काठमाडौँको स्वयम्भूस्थित मुस्ताङ गुम्बा र गोशोक गुम्बामा अस्थायी आश्रयस्थल बनाएर बसेका करिब २०० जना महिला तथा बालबालिकालाई सङ्घले राहत सामग्री उपलब्ध गराएको छ।

अध्यक्ष खरेल र राहत सङ्कलन तथा वितरण संयोजक सोना परियारको नेतृत्वमा भएको कार्यक्रममा रसुवाका प्रतिनिधि सभा सदस्य मोहन आचार्य, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरू प्रतिमा गौतम, कुसुम थापा, पूर्व सांसद सपना राजभण्डारी, आस्था विन्दु, रामकुमारी डाँगीलगायतले पनि राहत सामग्री वितरण गरेका थिए।

उनीहरूलाई चिसोबाट जोगिन भित्री न्यानो कपडा, हावा छेक्ने बाहिरी पोसाक, लत्ताकपडाका साथै व्यक्तिगत स्वास्थ्य र सरसफाइका सामान, महिनावारी स्वच्छता सामग्री (स्यानिटरी प्याड), मञ्जन, ब्रस र शौचालय सरसफाइका सामग्रीहरू एकमुष्ट रूपमा वितरण गरिएको महिला सङ्घकी केन्द्रीय सदस्य शोभादेवी भण्डारीले जानकारी दिइन् ।

महिला सङ्घको केन्द्रीय टोली यसअघि बाढी र पहिरोले बढी क्षति पुर्‍याएका नुवाकोट र धादिङका बस्तीहरूमा पुगेको थियो। अध्यक्ष मीनाकुमारी खरेलसहित केन्द्रीय पदाधिकारी तथा सदस्यहरू आफैँ कार्यक्षेत्रमा पुगेर पीडित परिवारहरूलाई ती सामग्रीहरू वितरण गरिसकिएको केन्द्रीय सदस्य भण्डारीले बताइन् ।

विपद्को कठिन परिस्थितिमा स्थानीय प्रशासन र अन्य संयन्त्रको पहुँच पुग्न ढिलाइ भइरहेका स्थानमा पुगेर महिला सङ्घले दिएको सहयोगले पीडित परिवारहरूलाई ठूलो राहत मिलेको पीडित महिलाहरूले बताएका छन् ।

महिला अधिकार र सशक्तीकरणसँगै मानवीय सेवाको अग्रपक्तिमा सधैँ उभिने प्रतिबद्धता व्यक्त गर्दै महिला सङ्घले आगामी दिनमा पनि विपद्पीडित नागरिकको आँसु पुछ्ने र उनीहरूको पुनर्स्थापनामा हातेमालो गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०८३ भाद्र २३, २०: ३२

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०८३ भाद्र २३, २०: ३२

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०८३ भाद्र २३, २०: ३२

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...