बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता – Naya Bikalpa
September 12, 2026, Saturday      Epaper

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ ।

सङ्घले आश्रय स्थलमै पुगेर उनीहरुलाइ अत्यावश्यक सामग्रीहरू वितरण गर्ने अभियान नै चलाएको छ। उनीहरुको आधारभूत आवश्यकता परिपूर्तिका लागि महिला सङ्घले नुवाकोट, धादिङ र काठमाडौँका विभिन्न सेल्टरहरूमै पुगेर राहत सामग्रीहरू वितरण गरेको हो ।

प्राकृतिक विपत्तिमा परेका विशेष गरी महिला र बालबालिकाहरूको स्वास्थ्य, सुरक्षा र आत्मसम्मानको संरक्षण मुख्य ध्यान दिएको महिला सङ्घकी अध्यक्ष मीनाकुमारी खरेलले जानकारी दिएकी छिन्।

बाढीका कारण रसुवाबाट विस्थापित भएर काठमाडौँको स्वयम्भूस्थित मुस्ताङ गुम्बा र गोशोक गुम्बामा अस्थायी आश्रयस्थल बनाएर बसेका करिब २०० जना महिला तथा बालबालिकालाई सङ्घले राहत सामग्री उपलब्ध गराएको छ।

अध्यक्ष खरेल र राहत सङ्कलन तथा वितरण संयोजक सोना परियारको नेतृत्वमा भएको कार्यक्रममा रसुवाका प्रतिनिधि सभा सदस्य मोहन आचार्य, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरू प्रतिमा गौतम, कुसुम थापा, पूर्व सांसद सपना राजभण्डारी, आस्था विन्दु, रामकुमारी डाँगीलगायतले पनि राहत सामग्री वितरण गरेका थिए।

उनीहरूलाई चिसोबाट जोगिन भित्री न्यानो कपडा, हावा छेक्ने बाहिरी पोसाक, लत्ताकपडाका साथै व्यक्तिगत स्वास्थ्य र सरसफाइका सामान, महिनावारी स्वच्छता सामग्री (स्यानिटरी प्याड), मञ्जन, ब्रस र शौचालय सरसफाइका सामग्रीहरू एकमुष्ट रूपमा वितरण गरिएको महिला सङ्घकी केन्द्रीय सदस्य शोभादेवी भण्डारीले जानकारी दिइन् ।

महिला सङ्घको केन्द्रीय टोली यसअघि बाढी र पहिरोले बढी क्षति पुर्‍याएका नुवाकोट र धादिङका बस्तीहरूमा पुगेको थियो। अध्यक्ष मीनाकुमारी खरेलसहित केन्द्रीय पदाधिकारी तथा सदस्यहरू आफैँ कार्यक्षेत्रमा पुगेर पीडित परिवारहरूलाई ती सामग्रीहरू वितरण गरिसकिएको केन्द्रीय सदस्य भण्डारीले बताइन् ।

विपद्को कठिन परिस्थितिमा स्थानीय प्रशासन र अन्य संयन्त्रको पहुँच पुग्न ढिलाइ भइरहेका स्थानमा पुगेर महिला सङ्घले दिएको सहयोगले पीडित परिवारहरूलाई ठूलो राहत मिलेको पीडित महिलाहरूले बताएका छन् ।

महिला अधिकार र सशक्तीकरणसँगै मानवीय सेवाको अग्रपक्तिमा सधैँ उभिने प्रतिबद्धता व्यक्त गर्दै महिला सङ्घले आगामी दिनमा पनि विपद्पीडित नागरिकको आँसु पुछ्ने र उनीहरूको पुनर्स्थापनामा हातेमालो गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित समाचार

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ भाद्र २३, २०: ३२

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ। शनिबार...

संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा
संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा
  • २०८३ भाद्र २३, २०: ३२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अदालतको फैसला, नेपालको संविधान र पार्टीको विधानका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै...

निवर्तमान सहमहामन्त्री डिना उपाध्यायको संयोजनमा कांग्रेस एकै भएर १५औं महाअधिवेशन गराउने सहमति नजिक
निवर्तमान सहमहामन्त्री डिना उपाध्यायको संयोजनमा कांग्रेस एकै भएर १५औं महाअधिवेशन गराउने सहमति नजिक
  • २०८३ भाद्र २३, २०: ३२

काठमाडौं : नेपाली कांग्रेसले महाअधिवेनको तालिका सार्वजनिक गरे पश्चात् देउवा समुहमा रहेका २८ केन्द्रीय सदस्यहरुमध्ये २७ जनाले देउवालाई छाडेर मुल...