अमेरिकाद्वारा इरानी तेल ट्यांकरमा आक्रमण, इरानले जोर्डनस्थित अमेरिकी आधारमा हान्यो मिसाइल – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

अमेरिकाद्वारा इरानी तेल ट्यांकरमा आक्रमण, इरानले जोर्डनस्थित अमेरिकी आधारमा हान्यो मिसाइल


काठमाडौं : अमेरिकी सेनाले इरानका पाँचवटा तेल ट्याङ्करमाथि शक्तिशाली हमला गरेपछि मध्यपूर्वमा सैन्य तनाव चरमोत्कर्षमा पुगेको छ। इरानले लगातार दुई दिनसम्म अमेरिकी युद्धपोतलाई निशाना बनाउने प्रयास गरेपछि जबाफी कारबाहीस्वरूप यी ट्याङ्करहरूमाथि आक्रमण गरिएको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम्) ले जनाएको छ।

अमेरिकी सेनाले ओमानको खाडीमा रहेका इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (आइआरजिसी) सँग सम्बद्ध चारवटा र इरानको मुख्य तेल निर्यात केन्द्र खार्ग टापुनजिकै रहेको अर्को एक ट्याङ्कर ध्वस्त पारेको हो। खार्ग टापु इरानको कुल तेल निर्यातको करिब ९० प्रतिशत हिस्सा ओगट्ने मुख्य केन्द्र मानिन्छ।

ट्याङ्करहरूमाथिको यस आक्रमणको प्रतिशोधमा इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य शिविरतर्फ २० वटा ब्यालिस्टिक मिसाइल प्रहार गर्‍यो। जोर्डनको वायु रक्षा प्रणालीले १८ वटा मिसाइललाई आकाशमै नष्ट पारिदिएको र बाँकी दुईवटा मानवरहित क्षेत्रमा खसेकाले कुनै मानवीय क्षति नभएको जोर्डनी सेनाले पुष्टि गरेको छ। यसैबीच, इरानको रिभोलुसनरी गार्ड्सले कुवेत र बहराइनका बन्दरगाहमा रहेका अमेरिकी सम्पत्तिसँग सम्बद्ध सबै तेल ट्याङ्करका चालक दलका सदस्यहरूलाई तुरुन्त जहाज छाड्न चेतावनी दिँदै ती क्षेत्रमा थप आक्रमण गर्ने संकेत दिएको छ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०८३ भाद्र २४, ०७: ५६

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०८३ भाद्र २४, ०७: ५६

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०८३ भाद्र २४, ०७: ५६

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...