
काठमाडौं : अमेरिकी सेनाले इरानका पाँचवटा तेल ट्याङ्करमाथि शक्तिशाली हमला गरेपछि मध्यपूर्वमा सैन्य तनाव चरमोत्कर्षमा पुगेको छ। इरानले लगातार दुई दिनसम्म अमेरिकी युद्धपोतलाई निशाना बनाउने प्रयास गरेपछि जबाफी कारबाहीस्वरूप यी ट्याङ्करहरूमाथि आक्रमण गरिएको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम्) ले जनाएको छ।
अमेरिकी सेनाले ओमानको खाडीमा रहेका इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (आइआरजिसी) सँग सम्बद्ध चारवटा र इरानको मुख्य तेल निर्यात केन्द्र खार्ग टापुनजिकै रहेको अर्को एक ट्याङ्कर ध्वस्त पारेको हो। खार्ग टापु इरानको कुल तेल निर्यातको करिब ९० प्रतिशत हिस्सा ओगट्ने मुख्य केन्द्र मानिन्छ।
ट्याङ्करहरूमाथिको यस आक्रमणको प्रतिशोधमा इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य शिविरतर्फ २० वटा ब्यालिस्टिक मिसाइल प्रहार गर्यो। जोर्डनको वायु रक्षा प्रणालीले १८ वटा मिसाइललाई आकाशमै नष्ट पारिदिएको र बाँकी दुईवटा मानवरहित क्षेत्रमा खसेकाले कुनै मानवीय क्षति नभएको जोर्डनी सेनाले पुष्टि गरेको छ। यसैबीच, इरानको रिभोलुसनरी गार्ड्सले कुवेत र बहराइनका बन्दरगाहमा रहेका अमेरिकी सम्पत्तिसँग सम्बद्ध सबै तेल ट्याङ्करका चालक दलका सदस्यहरूलाई तुरुन्त जहाज छाड्न चेतावनी दिँदै ती क्षेत्रमा थप आक्रमण गर्ने संकेत दिएको छ।
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ। शनिबार...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अदालतको फैसला, नेपालको संविधान र पार्टीको विधानका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै...
काठमाडौं : नेपाली कांग्रेसले महाअधिवेनको तालिका सार्वजनिक गरे पश्चात् देउवा समुहमा रहेका २८ केन्द्रीय सदस्यहरुमध्ये २७ जनाले देउवालाई छाडेर मुल...