देवीघाटमा नेपाली सेनाले पाँच दिनमै जडान गर्‍यो एक्रो ब्रिज – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

देवीघाटमा नेपाली सेनाले पाँच दिनमै जडान गर्‍यो एक्रो ब्रिज

काठमाडौं ।  नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल बगेपछि यातायात सम्पर्कविहीन बनेको क्षेत्रमा सेनाले वैकल्पिक पुल निर्माण गरेको हो।

नेपाली सेनाको टोलीले निरन्तर खटिएर पाँच दिनमा एक्रो ब्रिज जडानको काम पूरा गरेको जनाएको छ। पक्की पुल बगेसँगै देवीघाट हुँदै नुवाकोटसहित आसपासका विभिन्न क्षेत्रमा हुने यातायात प्रभावित भएको थियो।

एक्रो ब्रिज जडान सम्पन्न भएसँगै भोलिदेखि पैदलयात्रीका लागि आवतजावत खुला गर्ने तयारी गरिएको छ। यस्तै, पर्सिदेखि सवारीसाधनसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

बाढीले देवीघाटको पक्की पुल बगाएपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई आवतजावतमा समस्या हुँदै आएको थियो। पुल नहुँदा दैनिक उपभोग्य वस्तुको ढुवानीदेखि सर्वसाधारणको नियमित आवागमनसमेत प्रभावित बनेको थियो।

बाढीपछि यातायात सम्पर्क सहज बनाउन नेपाली सेनाले तत्काल एक्रो ब्रिज जडानको काम अघि बढाएको थियो। सेनाको टोलीले दिनरात निरन्तर काम गरेपछि छोटो समयमै पुल निर्माण सम्पन्न भएको हो।

पुल सञ्चालनमा आएसँगै बाढीका कारण प्रभावित देवीघाट क्षेत्रको यातायात सेवा क्रमशः सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ। पुल सञ्चालनले स्थानीयवासी, व्यवसायी तथा यात्रुलाई आवतजावतमा ठूलो राहत पुग्ने भएको छ।

सम्बन्धित समाचार

प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
  • २०८३ भाद्र २५, १०: ५९

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । बिहीबारको बैठकमा...

कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
  • २०८३ भाद्र २५, १०: ५९

काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार महाधिवेशनको लोगो र नारा सार्वजनिक...

विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
  • २०८३ भाद्र २५, १०: ५९

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । पार्टीको जारी केनद्रीय समिति बैठकले भण्डारीलाई...