जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढंगले उठाउनुपर्छ : प्रचण्ड – Naya Bikalpa
September 12, 2026, Saturday      Epaper

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढंगले उठाउनुपर्छ : प्रचण्ड

जनकपुरधाम : नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढंगले उठाउनुपर्ने बताएका छन् ।

पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका संयोजक दाहालले आज बिहान कुरा गर्दै जलवायु परिवर्तनका कारण हिमाल पग्लिने विषय वातावरणीय मात्र नभई मानव सभ्यता र अस्तित्वसँग प्रत्यक्ष जोडिएको विषय भएकाले नेपालले यसलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढंगले उठाउनुपर्ने बताए ।

“यो विषयमा म दोस्रो र तेस्रो पटक प्रधानमन्त्री भएका बेला थुप्रै अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाए”, संयोजक दाहालले भने, “यतिबेला यस विषयमा अन्तर्राष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण गराउनुपर्छ ।”

जलवायु परिवर्तनका कारण हिमाल तीव्र गतिमा पग्लिँदै जानु मानव अस्तित्वकै लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गदै संयोजक दाहालले जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा मात्र सीमित नभई त्यसको प्रभाव क्रमशः मानव जीवन, कृषि, पानीका स्रोत, जैविक विविधता र समग्र अर्थतन्त्रमा परिरहेको उल्लेख गरे ।

भोटेकोशी नदीमा बाढी आएको तत्कालीन समयमा सरकारले अन्तर्राष्ट्रिय समुदाय तथा सम्बन्धित क्षेत्रका विज्ञ र उद्धार टोलीको सहयोग लिएर सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारलाई तीव्रता दिन नसक्नु सरकारको कमजोरी भएको बताए ।

सुरुङभित्र फसेका व्यक्तिको अवस्था पत्ता लगाउन अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको प्रयोग गर्दै तत्काल खोजी तथा उद्धार गर्न सकेको भए धेरैको ज्यान जोगाउन सकिने अवस्था भए पनि सरकारले त्यो गर्न नसकेको उनको गुनासो थियो ।

सम्बन्धित समाचार

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ भाद्र २५, ११: ५६

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ। शनिबार...

संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा
संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा
  • २०८३ भाद्र २५, ११: ५६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अदालतको फैसला, नेपालको संविधान र पार्टीको विधानका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै...

निवर्तमान सहमहामन्त्री डिना उपाध्यायको संयोजनमा कांग्रेस एकै भएर १५औं महाअधिवेशन गराउने सहमति नजिक
निवर्तमान सहमहामन्त्री डिना उपाध्यायको संयोजनमा कांग्रेस एकै भएर १५औं महाअधिवेशन गराउने सहमति नजिक
  • २०८३ भाद्र २५, ११: ५६

काठमाडौं : नेपाली कांग्रेसले महाअधिवेनको तालिका सार्वजनिक गरे पश्चात् देउवा समुहमा रहेका २८ केन्द्रीय सदस्यहरुमध्ये २७ जनाले देउवालाई छाडेर मुल...