शुक्रबारदेखि पुरानै मूल्यमा ग्यास पाइने – Naya Bikalpa
September 18, 2026, Friday      Epaper

शुक्रबारदेखि पुरानै मूल्यमा ग्यास पाइने

काठमाडौं : नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको बिक्री वितरण गर्न उद्योगीहरूलाई आग्रह गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि नेपाल आयल निगमले तोकेको प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गरेको हो ।

भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुँदा उद्योगीले वैकल्पिक मार्गबाट ग्यास काठमाडौँमा ल्याएर बिक्री गरेका थिए । उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनु परेको भन्दै उद्योगीले प्रतिसिलिण्डर १०५ रूपैयाँ ३८ पैसा ढुवानी भाडाबापत थप गरी उपभोक्तासँग लिँदै आएका थिए ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गत भदौ १४ गतेदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गरिरहेका उद्योगले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक मार्गबाट ल्याएर ग्यास बिक्री गर्दै आएका थिए ।

पृथ्वी राजमार्गमा यातायात सुचारु भएसँगै नेपाल एलपी ग्यास उद्योग सङ्घले साबिककै मूल्य अर्थात् प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा ग्यास बिक्री वितरण गर्न निर्देशन दिएको हो । घटेको मूल्य यही असोज २ गते शुक्रबारदेखि लागू हुनेछ ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा मधु आचार्यको मेलमिलाप आह्वान
कांग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा मधु आचार्यको मेलमिलाप आह्वान
  • २०८३ आश्विन १, १८: ५०

काडमाडौं : “तपाईंहरुको आफ्नै घरमा तपाईहरुलाई हार्दिक स्वागत छ । ईर्ष्या, अपमान, घृणा छोडौं; एकता र मेलमिलापले बाँकी सबैलाई जोडौं...

माथिल्लो त्रिशूली-१ को टनेलबाट ६ शव निकालिए, थप खोजी जारी
माथिल्लो त्रिशूली-१ को टनेलबाट ६ शव निकालिए, थप खोजी जारी
  • २०८३ आश्विन १, १८: ५०

काठमाडौं : रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका व्यक्तिहरूको खोजीका क्रममा टनेलभित्रबाट...

सेती नदीमा कुकुर फालेको आरोपमा महिला पक्राउ
सेती नदीमा कुकुर फालेको आरोपमा महिला पक्राउ
  • २०८३ आश्विन १, १८: ५०

बझाङ : जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फालेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ...