
काठमाडौं : रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका व्यक्तिहरूको खोजीका क्रममा टनेलभित्रबाट ६ वटा शव निकालिएको छ ।
नेपाली सेनाले शुक्रबार दिउँसो १२ बजेर ५ मिनेटमा सार्वजनिक गरेको खोज तथा उद्धार अपडेटअनुसार आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्दा अडिट-३ टनेलभित्र शवहरू फेला पारेको हो ।
शवहरू ढलानका लागि तयार पारिएको फलामे डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा भेटिएका थिए । ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरण प्रयोग गरी ती शवलाई टनेलबाट बाहिर निकालिएको सेनाले जनाएको छ ।
सेनाका अनुसार टनेलभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति देखिएकाले उक्त क्षेत्रमा खोजी कार्य जारी राखिएको छ ।
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित चलचित्र **‘म मदनकृष्ण’**को छायांकन सुरु भएको छ । शुभमुहूर्त गर्दै आजदेखि चलचित्रको...
काडमाडौं : “तपाईंहरुको आफ्नै घरमा तपाईहरुलाई हार्दिक स्वागत छ । ईर्ष्या, अपमान, घृणा छोडौं; एकता र मेलमिलापले बाँकी सबैलाई जोडौं...
बझाङ : जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फालेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ...