
बझाङ : जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फालेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३ पडेष गाउँकी ४२ वर्षीया बिमला देवी रोकाया रहेको प्रहरीले जनाएको छ ।
पानकोट पुलको पश्चिम किनारामा रहेको रेलिङ पाइपमुनिबाट एक महिलाले कुकुरलाई धकेलेर सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । भिडियोमा देखिएको पशुपन्छीप्रतिको निर्दयी व्यवहारबारे अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा रोकायाको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले रोकायालाई असोज १ गते साँझ पक्राउ गरेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित चलचित्र **‘म मदनकृष्ण’**को छायांकन सुरु भएको छ । शुभमुहूर्त गर्दै आजदेखि चलचित्रको...
काडमाडौं : “तपाईंहरुको आफ्नै घरमा तपाईहरुलाई हार्दिक स्वागत छ । ईर्ष्या, अपमान, घृणा छोडौं; एकता र मेलमिलापले बाँकी सबैलाई जोडौं...
काठमाडौं : रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका व्यक्तिहरूको खोजीका क्रममा टनेलभित्रबाट...