कांग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा मधु आचार्यको मेलमिलाप आह्वान – Naya Bikalpa
September 18, 2026, Friday      Epaper

कांग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा मधु आचार्यको मेलमिलाप आह्वान

काडमाडौं : “तपाईंहरुको आफ्नै घरमा तपाईहरुलाई हार्दिक स्वागत छ । ईर्ष्या, अपमान, घृणा छोडौं; एकता र मेलमिलापले बाँकी सबैलाई जोडौं । भो पुग्यो भन्दै नभनौं—जेन्जी युवा पुस्ता, बौद्धिक नागरिक समाज, लोकतन्त्रवादी सामाजिक अभियन्ता सबैलाई मुलुकको सृजनात्मक रुपान्तरणमा समेटौं ।”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीभित्रको एकता र समावेशी राजनीतिक दिशाबारे व्यक्त गरेको यो सन्देश यतिबेला १५औं महाधिवेशनको पूर्वसन्ध्यामा विशेष चर्चामा छ । महाधिवेशनको औपचारिक प्रक्रिया सुरु हुनै लाग्दा आचार्यको यो अभिव्यक्तिले कांग्रेसभित्र सहकार्य, मेलमिलाप र पुस्तान्तरणको बहसलाई थप सशक्त बनाएको देखिन्छ ।

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत असोज ३ गते शनिबारदेखि देशभर वडा अधिवेशन सुरु हुँदै छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ र ४ गते वडास्तरका अधिवेशन सम्पन्न भएपछि असोज ७ गते पालिका, असोज १० गते प्रदेश क्षेत्रीय तथा संघीय निर्वाचन क्षेत्रीय अधिवेशन हुनेछन् । त्यसपछि असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर सिंहका अनुसार वडादेखि केन्द्रसम्मका सबै तहका अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ । उनका अनुसार देशभरका ९ हजार ९४ मतदान तथा निर्वाचन अधिकृत खटाइसकिएको छ भने करिब ८ लाख ७० हजार क्रियाशील सदस्यहरूको डिजिटल विवरण पनि व्यवस्थित गरिएको छ ।

महाधिवेशनको औपचारिक प्रक्रिया सुरु हुनुअघि नै कांग्रेसभित्र देखिएको आन्तरिक समायोजन र एकताको प्रयासले राजनीतिक वातावरणमा नयाँ संकेत दिएको छ । हालै केन्द्रीय समिति बैठकले देउवा समूहबाट आएका ५० भन्दा बढी नेताहरूलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेको छ । यस घटनालाई पार्टीभित्र लामो समयदेखि देखिँदै आएको विभाजन कम हुँदै पुनः एकतर्फ उन्मुख भएको संकेतका रूपमा हेरिएको छ ।

देउवा पक्षसँग निकट मानिने महालक्ष्मी उपाध्याय (डिना), इन्द्रबहादुर बानियाँ, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, रामहरि खतिवडा, नैनसिंह महर, गोविन्द भट्टराई, उमेशजंग रायमाझी, शान्ति परियार, गणेश लामा र राधा घलेलगायत नेताहरू पार्टीको मूल प्रवाहमा समाहित भएका छन् ।

आगामी असोज १६ देखि १९ गतेसम्म हुने केन्द्रीय महाधिवेशनमा ६ हजार ५२८ भन्दा बढी प्रतिनिधिहरू सहभागी हुनेछन् । विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाबाट पनि प्रतिनिधिहरूको सहभागिता रहने व्यवस्था गरिएको छ ।

महाधिवेशनको तयारी तीव्र भइरहेका बेला मधु आचार्यको एकता र समावेशी राजनीतिक दृष्टिकोणसहितको सन्देशले कांग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धा भन्दा बढी सहकार्य र रूपान्तरणतर्फको बहसलाई अघि बढाएको देखिन्छ ।

सम्बन्धित समाचार

माथिल्लो त्रिशूली-१ को टनेलबाट ६ शव निकालिए, थप खोजी जारी
माथिल्लो त्रिशूली-१ को टनेलबाट ६ शव निकालिए, थप खोजी जारी
  • २०८३ आश्विन २, १३: ३८

काठमाडौं : रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका व्यक्तिहरूको खोजीका क्रममा टनेलभित्रबाट...

सेती नदीमा कुकुर फालेको आरोपमा महिला पक्राउ
सेती नदीमा कुकुर फालेको आरोपमा महिला पक्राउ
  • २०८३ आश्विन २, १३: ३८

बझाङ : जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फालेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ...

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता
समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता
  • २०८३ आश्विन २, १३: ३८

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका ५२,...