
काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज (मङ्गलवार) नयाँ नेतृत्वका लागि उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ। निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार इच्छुक आकांक्षीहरूले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म आफ्नो उम्मेदवारी दर्ता गराउन सक्नेछन्।
मनोनयन दर्ता सकिएलगत्तै निर्वाचन प्रक्रियाका बाँकी कामहरू आजै अघि बढ्नेछन्। समितिका अनुसार उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन दिउँसो ४:३० बजे गरिनेछ। त्यसपछि उम्मेदवारीमाथि दाबी-विरोध गर्न चाहनेहरूका लागि दिउँसो ४:३० देखि साँझ ५:३० बजेसम्म एक घण्टाको समय तोकिएको छ।
दाबी-विरोधमाथिको छानबिन र जाँचबुझ साँझ ५:३० देखि ६:३० बजेसम्म गरिने निर्वाचन समितिले जनाएको छ। जाँचबुझको प्रक्रिया सकिएपछि आजै साँझ ७:०० बजे उम्मेदवारहरूको दोस्रो नामावली प्रकाशन गर्ने निर्वाचन समितिको तयारी छ।
काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...
तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...