कस्तो रहला आजको मौसम ? – Naya Bikalpa
October 22, 2026, Thursday      Epaper

कस्तो रहला आजको मौसम ?


काठमाडौं : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशको सबै भूभागमा तथा कोशी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने मधेस प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ । गण्डकी लुम्बिनी प्रदेशको केही ठाउँ तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्म वर्षा भइरहेको छ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको तराई भूभागमा साधरणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागको थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्ग र असिना सहित हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेस लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति कोशी प्रदेशका सबै भूभाग तथा देशको बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने छ। देशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
  • २०८३ आश्विन २२, ०७: ३०

काठमाडौं : नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध...

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
  • २०८३ आश्विन २२, ०७: ३०

काठमाडौं : आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर...

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
  • २०८३ आश्विन २२, ०७: ३०

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट दसैं पर्वका अवसरमा काठमाडौं उपत्यकामा तीन हजार ५८५...