दसैँको अग्रिम टिकट बुकिङ आजदेखि खुला: टिकट लिन बिहीबार राति ९ बजेदेखि नै नयाँ बसपार्कमा यात्रुको लामो लाइन – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

दसैँको अग्रिम टिकट बुकिङ आजदेखि खुला: टिकट लिन बिहीबार राति ९ बजेदेखि नै नयाँ बसपार्कमा यात्रुको लामो लाइन

काठमाडौँ — महान् चाड दसैँमा घर जाने यात्रुहरूका लागि सरकारले आज (शुक्रबार) देखि लामो तथा मध्यम दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो र सहजै पाइने आशमा सयौँ सर्वसाधारणहरू गएरातिदेखि नै काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कका टिकट काउन्टर अगाडि लामो लाइनमा बसेका छन्।
नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार विशेष गरी सुदूरपश्चिमका जिल्लाहरू जाने यात्रुहरू बिहीबार राति ९ बजेदेखि नै काउन्टर अगाडि लाइनमा लागेका थिए। रातिदेखि नै लाइन बस्ने यात्रुहरूको चापलाई मध्यनजर गर्दै यातायात व्यवसायी र सुरक्षाकर्मीले रातिदेखि नै व्यवस्थापन मिलाएका थिए।

चाडपर्वमा घर फर्किने यात्रुहरूको चाप र सहजताका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, उपभोक्तावादी संघसंस्था तथा यातायात व्यवसायी र मजदुर सङ्गठनबीच गत मङ्गलवार (असोज २० गते) बसेको संयुक्त बैठकले आज (असोज २३ गते) देखि अग्रिम बुकिङ खोल्ने निर्णय गरेको थियो  ।

१५ वटा थप काउन्टर, सुरक्षा व्यवस्था कडा
यात्रुको अत्यधिक चापलाई व्यवस्थापन गर्न र टिकट काट्ने प्रक्रियालाई छरितो बनाउन लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ वटा नयाँ टिकट काउन्टर थप गरेको छ। चाडबाडका बेला हुन सक्ने कालोबजारी, बढी भाडा असुली र पाकेटमारी जस्ता घटनाहरू रोक्नका लागि बसपार्क क्षेत्रमा सादा पोसाकका प्रहरीसहित आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको छ। साथै, यात्रुहरूको सहजताका लागि ट्राफिक प्रहरी र विभागले विभिन्न स्थानमा सहायता कक्ष (Help Desk) समेत सञ्चालनमा ल्याएका छन्।

सम्बन्धित समाचार

दसैं मनाएर उपत्यका फर्किने बढ्दै
दसैं मनाएर उपत्यका फर्किने बढ्दै
  • २०८३ आश्विन २३, ०७: ३५

काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०८३ आश्विन २३, ०७: ३५

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०८३ आश्विन २३, ०७: ३५

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...