मलेसियामा बढ्यो न्यूनतम तलब, नेपाली श्रमिकको न्यूनतम तलब साढे ७५ हजार रुपैयाँ पुग्ने – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

मलेसियामा बढ्यो न्यूनतम तलब, नेपाली श्रमिकको न्यूनतम तलब साढे ७५ हजार रुपैयाँ पुग्ने

काठमाडौं : मलेसिया सरकारले श्रमिकको न्यूनतम तलब दुई हजार रिंगिट वृद्धि गरेको छ । शुक्रबार सार्वजनिक आगामी वर्ष २०२७ काे बजेटमा अर्थमन्त्रीकाे समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री अनवर इब्राहिमले न्यूनतम तलब २ हजार रिंगेट पुर्‍याइएको घोषणा गरे ।

मलेसियामा यसअघि न्यूनतम तलब १७०० रिंगिट थियो । तलब बढाउने निर्णयबाट ४० लाख बढी श्रमिक लाभान्वित हुने मलेसियाको सरकारले जनाएको छ ।

नयाँ तलबमान सन् २०२७ को जुन महिनादेखि लागू हुने जनाइएको छ । यससँगै अब जुन २०२७ देखि नेपाली श्रमिकको पनि न्यूनतम मासिक तलब करिब साढे ७५ हजार रुपैयाँ हुने भएको छ ।

दक्ष कामदारको तलब भने २५ सय रिंगिट पुर्‍याउने प्रधानमन्त्रीको भनाइ छ । श्रमिकहरूको योग्यता र सीप अनुसार पारिश्रमिक सुधार गर्ने नीतिअन्तर्गत सरकारले यो निर्णय लिएको प्रधानमन्त्री इब्राहिमको भनाइ छ ।

सम्बन्धित समाचार

एमाले स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक, १० जना केन्द्रीय सदस्यमा मनोनीत
एमाले स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक, १० जना केन्द्रीय सदस्यमा मनोनीत
  • २०८३ आश्विन २३, १६: १६

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटीको प्रथम बैठकले १० जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्नेदेखि वडा तथा पालिका...

कांग्रेस महाधिवेशन: सानेपामा उपसभापति र महामन्त्रीको मतगणना जारी
कांग्रेस महाधिवेशन: सानेपामा उपसभापति र महामन्त्रीको मतगणना जारी
  • २०८३ आश्विन २३, १६: १६

काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी रहेको छ । सानेपास्थित पार्टीको केन्द्रीय...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ आश्विन २३, १६: १६

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...