आइतबारदेखि काठमाडाैंका ६ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

आइतबारदेखि काठमाडाैंका ६ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने


काठमाडौं : ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले आइतबारदेखि उपत्यकाका छ स्थानमा विभिन्न १३ वटा कम्पनीका ग्यास साटफेर गर्न सक्ने भएका छन् ।

नेपाल एलपी ग्यास उद्योग सङ्घले नेपाल आयल निगमको समन्वय र ग्यास बिक्रेता महासङ्घको सहकार्यमा उक्त व्यवस्था मिलाएको हो । आइतबारदेखि शनिबारसम्म बिहान ९ः३० देखि अपराह्न ४ः३० सम्म ग्यासको बिक्री वितरण हुनेछ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले फरक ग्यासको सिलिन्डर भएर चिन्तित भएको उपभोक्तालाई चाडपर्वमा ग्यासको सहज आपूर्तिका लागि सिलिन्डर साटफेर गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिए ।

सङ्घका अनुसार उपभोक्ताले काठमाडौंको सिफलस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेष्ट र सुगम, पेप्सीकोलाबाट सगर, बालाजु औद्योगिक क्षेत्रबाट नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी, सुकेधाराबाट बाबा र श्री, कलङ्कीबाट साइबाबा र श्रीकृष्ण तथा ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यास लिन सक्नेछन् ।

सङ्घका अध्यक्ष दिवान चन्दले ती स्थानमा काठमाडौं उपत्यकामा बिक्री वितरण हुने सदस्य उद्योगको ग्यासको सिलिन्डरमात्रै साटफेर हुने जानकारी दिए ।

सम्बन्धित समाचार

एमाले स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक, १० जना केन्द्रीय सदस्यमा मनोनीत
एमाले स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक, १० जना केन्द्रीय सदस्यमा मनोनीत
  • २०८३ आश्विन २४, ०८: ०७

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटीको प्रथम बैठकले १० जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्नेदेखि वडा तथा पालिका...

कांग्रेस महाधिवेशन: सानेपामा उपसभापति र महामन्त्रीको मतगणना जारी
कांग्रेस महाधिवेशन: सानेपामा उपसभापति र महामन्त्रीको मतगणना जारी
  • २०८३ आश्विन २४, ०८: ०७

काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी रहेको छ । सानेपास्थित पार्टीको केन्द्रीय...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ आश्विन २४, ०८: ०७

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...