राष्ट्रपति पौडेलले जारी गरे विपद्सम्बन्धी अध्यादेश – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

राष्ट्रपति पौडेलले जारी गरे विपद्सम्बन्धी अध्यादेश

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी अध्यादेश जारी गरेका छन् ।

सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले त्यसमध्ये विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले जानकारी दिए ।

सरकारले विपद्‍मा परी बेपत्ता भएका व्यक्तिहरूको एकमुष्ट मृत्युको घोषणा गर्न सक्ने गरी अध्यादेश ल्याएको हो ।

अहिले १२ वर्ष बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने व्यवस्था छ । अध्यादेशमा भने यस अवधिलाई छोट्याएर विपद्को सन्दर्भमा ४५ दिनमै मृत घोषणा गर्न सकिने विषय समावेश गरिएको छ ।

सम्बन्धित समाचार

एमाले स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक, १० जना केन्द्रीय सदस्यमा मनोनीत
एमाले स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक, १० जना केन्द्रीय सदस्यमा मनोनीत
  • २०८३ आश्विन २३, १७: ४६

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटीको प्रथम बैठकले १० जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्नेदेखि वडा तथा पालिका...

कांग्रेस महाधिवेशन: सानेपामा उपसभापति र महामन्त्रीको मतगणना जारी
कांग्रेस महाधिवेशन: सानेपामा उपसभापति र महामन्त्रीको मतगणना जारी
  • २०८३ आश्विन २३, १७: ४६

काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी रहेको छ । सानेपास्थित पार्टीको केन्द्रीय...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ आश्विन २३, १७: ४६

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...