नेपालले क्यानडासँग खेल्दै – Naya Bikalpa
October 22, 2026, Thursday      Epaper

नेपालले क्यानडासँग खेल्दै


काठमाडौं : ओमानमा जारी आईसीसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । अल अमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार आज बिहान ११ः१५ बजे सुरु हुनेछ ।

नेपाल र क्यानडा दुवैका लागि यो खेल अंक तालिकामा आफ्नो स्थिति बलियो बनाउने अवसर हो । क्यानडा शीर्ष छमा पर्ने सम्भावना कायम राख्न जित्नैपर्ने दबाबमा छ ।

नेपाल पनि लगातार तेस्रो जित निकालेर शीर्ष छमा स्थान सुरक्षित गर्ने योजनामा छ । नेपालले जित निकालेमा एक खेल बाँकी छँदै शीर्ष छमा आफ्नो स्थान सुरक्षित गर्नेछ ।

तालिकामा नेपाल क्यानडाभन्दा एक अंकले अगाडि छ । नेपालले ३४ खेलबाट १३ जित, १९ हार र दुई बराबरीको नतिजासहित २८ अंक जोडेको छ । सातौँ स्थानमा रहेको क्यानडाले ३५ खेलमा ११ जित, १९ हार र पाँच खेलमा अंक बाँड्दै २७ अंक हासिल गरेको छ ।

यस शृङ्खलामा नेपालले सुरुआती दुवै खेल जितेको छ । पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा आयोजक ओमानमाथि ११३ रनको फराकिलो जित निकालेको थियो । यही लय कायम राख्दै क्यानडाविरुद्ध अर्को जित हात पार्ने नेपालको योजना छ ।

सम्बन्धित समाचार

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
  • २०८३ कार्तिक १, ०७: १२

काठमाडौं : नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध...

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
  • २०८३ कार्तिक १, ०७: १२

काठमाडौं : आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर...

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
  • २०८३ कार्तिक १, ०७: १२

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट दसैं पर्वका अवसरमा काठमाडौं उपत्यकामा तीन हजार ५८५...