
काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार को १ ज २९७६ नम्बरको गाडी आज बिहान २ः३० बजे सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल सुनकोसी नदीमा खसेको हो ।
रत्नावतीस्थित प्रहरी चौकीका अनुसार दुर्घटनास्थलमा तीन महिलाको शव फेला परेको छ ।
चालकसहित २ पुरुष, १ महिला र एक बालिकालाई उद्धार गरी उपचारमा पठाइएको प्रहरीले जनाएकाे छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
काठमाडौं : नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध...
काठमाडौं : आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर...
काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट दसैं पर्वका अवसरमा काठमाडौं उपत्यकामा तीन हजार ५८५...