आइजिपीबाट हटाउने निर्णयविरूद्ध सर्वोच्चमा दानबहादुर कार्कीको रिट – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

आइजिपीबाट हटाउने निर्णयविरूद्ध सर्वोच्चमा दानबहादुर कार्कीको रिट

काठमाडौं : प्रहरी महानिरीक्षक (आइजिपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । उनले आफूलाई पदबाट हटाउने निर्णय बदर गरी पुनः आइजिपीमा बहाली गर्न माग गरेका छन् ।

अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार कार्कीका तर्फबाट बिहीबार वारेसमार्फत सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको हो । यद्यपि, सर्वोच्च अदालतले रिटको अध्ययन गरिरहेको र हालसम्म दर्ता भइसकेको छैन । अदालतको प्रशासनिक प्रक्रिया पूरा भएपछि रिट दर्ता हुने वा नहुने भन्ने टुंगो लाग्नेछ ।

सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई आइजिपी पदबाट हटाउने निर्णय गरेको थियो । उनको स्थानमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो ।

त्यसैगरी, सरकारले कार्कीलाई प्रधानमन्त्री कार्यालयमा विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी उक्त जिम्मेवारीमा पदस्थापन गर्ने निर्णयसमेत गरेको थियो ।

सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्कीले आफू अन्यायमा परेको दाबी गरेका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच दिल्लीमा भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच दिल्लीमा भेटवार्ता
  • २०८३ कार्तिक २०, १३: १३

नयाँ दिल्ली : भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।...

प्रधानमन्त्री शाह भारत पुगे, उच्चस्तरीय भेटवार्ता गर्ने
प्रधानमन्त्री शाह भारत पुगे, उच्चस्तरीय भेटवार्ता गर्ने
  • २०८३ कार्तिक २०, १३: १३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री...

नयाँ दिल्ली आइपुगे प्रधानमन्त्री शाह, भारतीय राज्यमन्त्रीले गरे स्वागत
नयाँ दिल्ली आइपुगे प्रधानमन्त्री शाह, भारतीय राज्यमन्त्रीले गरे स्वागत
  • २०८३ कार्तिक २०, १३: १३

नयाँ दिल्ली : प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली आइपुगेका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा...