किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ? – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?


नयाँ विकल्प,
एजेन्सी -चीनले सन् १९७० को दशकयता चन्द्रमाबाट ढुङ्गाका नमुना ल्याउन पहिलो पटक प्रयास गर्ने भएको छ। मङ्गलवार प्रक्षेपण गरिने मानवरहित चाङ’ए-५ यानले चन्द्रमाबाट केही नमुना ल्याउने अपेक्षा गरिएको छ।

ती ढुङ्गा चन्द्रमाको उत्पत्ति र निर्माणको अध्ययनका लागि उपयोगी हुने विश्वास गरिएको छ। चन्द्रमाकाे उत्पत्ति बारे अध्ययन गर्न ढुङ्गाको नमुना पृथ्वी ल्याउने योजनामा चीन रहेकाे जनाइएकाे छ । अहिलेसम्म अमेरिका र सोभियत सङ्घले मात्र चन्द्रमाबाट ढुङ्गाको नमुना पृथ्वीमा ल्याएका छन्।

सन १९७६ मा सोभियत सङ्घले पठाएको लुना २४ ले अन्तिम पटक पृथ्वीमा त्यस्तो नमुना ल्याएको थियो। यदि अहिलेको योजना सफल भयो भने पृथ्वीमा चन्द्रमाको ढुङ्गा ल्याउने अमेरिका र तत्कालीन सोभियत सङ्घपछि चीन तेस्रो देश हुनेछ। चाङ’ए यानको नाम प्राचीन चिनियाँ चन्द्रदेवीको सम्मानमा राखिएको हो। त्यसलाई लङ मार्च ५ नामक रकेटबाट प्रक्षेपण गरिनेछ।

उक्त यानले चन्द्रमाको ‘ओशन अफ स्टोर्म्स’ भनिने अहिलेसम्म नपुगिएको स्थानबाट दुई किलोग्राम नमुना सङ्कलन गर्ने प्रयास गर्नेछ। लङ मार्च रकेटले चीनको अन्तरिक्षयान चन्द्रमामा प्रक्षेपण गर्नेछ । सन् १९७६ को अभियानमा १७० ग्राम नमुना ल्याइएको थियो भने मानवसहितको एपोलो मिशनले ३८२ किलोग्राम ढुङ्गा र माटो ल्याएको थियो।

सूर्यको विकिरणबाट जोगाउन आवश्यक चुम्बकीय क्षेत्र क्षीण हुँदा पनि चन्द्रमा कसरी ज्वालामुखीय रूपमा सक्रिय भयो भनेर बुझ्न चाङ’ए-५ ले सघाउने अपेक्षा विज्ञहरूको छ। चार वर्षभित्र चन्द्रमामा ‘फेरि मानिसले पाइला टेक्ने’, पहिलो चोटि महिला ‍पठाउने योजना चीर रहेकाे छ । सन् २०१३ मा पहिलो पटक चन्द्रमामा पुगेको थियो। उसले एक दशकभित्र मङ्गल ग्रहबाट पनि नमुना सङ्कलन गर्ने योजना बताएको छ।

सम्बन्धित समाचार

दसैं मनाएर उपत्यका फर्किने बढ्दै
दसैं मनाएर उपत्यका फर्किने बढ्दै
  • २०७७ मंसिर ८, १६: ४८

काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०७७ मंसिर ८, १६: ४८

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०७७ मंसिर ८, १६: ४८

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...