पौडेलको ओरालोपछि सिंहको उदय – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

पौडेलको ओरालोपछि सिंहको उदय

काठमाडौं । नेपाली काँग्रेसको १३औं महाअधिवेशनपछि युवाहरुको पकड नेतृत्वमा पुग्न भने नसक्ने भएको छ । पछिल्लो समय काँग्रेसको युवा पिँढीले जति हुँकार गरे पनि बुढाहरुको बर्चश्व कायम भएको छ । काँग्रेसको संसदीय दलको निर्वाचनको परिणामले युवा नेताहरु भने नराम्ररी रन्थनिएका छन् ।

किनकी स्थानीय निर्वाचनदेखि पराजित हुँदै आएको काँग्रेस प्रदेशमा र संघीय संसदमा समेत नराम्ररी पछारिएको कारण लोकतान्त्रिक पार्टी सत्ताबाट हात धुन पुगेको छ भने निर्वाचनअगाडि सबैभन्दा ठूलो पार्टी प्रदेशसभा र संघीय संसदको निर्वाचनबाट दोस्रो हुन पुगेको छ । अब प्रमुख प्रतिपक्षीमा बसेर निर्वाचनको बेलामा जनतालाई दिएको बाचा पूरा गर्नुपर्ने बाध्यता काँग्रेसलाई आईपरेको छ । प्रमुख प्रतिपक्षीको भूमिका निभाउन पनि संसदीय दलको नेता र संसदीय दलको भूमिका सशक्त हुनुपर्दछ ।

यसैअनुरुप काँग्रेसको संसदीय दलको निर्वाचन सम्पन्न भएको छ । काँग्रेस भित्रको आन्तरिक व्यवस्थापनको कमजोरी र गुट उपगुटमा विभाजित काँग्रेसको आन्तरिक कलहका कारण प्रमुख प्रतिपक्षीको भूमिकामा समेत शंका उत्पन्न हुन थालेको छ । संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहसँग निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।

काँग्रेसले प्रत्यक्षबाट जम्मा २३ सिट र समानुपातिकबाट पाएको ४० सिट जोडेर ६३ जना सांसद पनि संसदीय दलको निर्वाचनमा विभाजित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले ४४ मत पाएर विजयी भए भने पूर्व महामन्त्री प्रकाशमान सिंहले १९ मत मात्र पाए । सिंगो काँग्रेस विभाजित हुँदा एउटै गुटमा रहेका देउवा र सिंह, पार्टी एकिकरण पछि १२ औं महाअधिवेशनदेखि नेता प्रकाशमान सिंहले पुरानो संस्थापन पक्षको नेतृत्व गर्दै आएका छन् । पछिल्लो समय १३ औं महाअधिवेशनमा कोइराला पक्षका नेतृत्व सम्हाल्न तम्सिएका रामचन्द्र पौडेललाई पार्टी सभापतिमा उम्मेदवार बनाएर काँध थापेका प्रकाशमान सिंह, पौडेलका कारण सफल हुन सकेनन् भने पार्टी सभापतिमा शेरबहादुर देउवा दोस्रो पटक पनि निर्वाचनमा अत्याधिक मत ल्याउन सफल भए ।

तत्कालिन अवस्था देखि संस्थापन पक्षको नेताको रुपमा परिचित कृष्ण प्रसाद सिटौला, वर्तमान महामन्त्री डा. शंशाक कोईराला, महिला नेतृ सुजाता कोईराला, चर्चित नेता डा. शेखर कोईराला, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल लगायतका नेताहरुलाई समेट्न नसक्नु पौडेल नेतृत्वको असक्षमताका कारण पार्टीको मूल धारबाट पाखा लागेका छन् ।

त्यसैगरी युवा नेताहरु धनराज गुरुङ्ग, गगन थापा, चन्द्र भण्डारी, आफ्नै जिल्लाका युवा नेता शंकर भण्डारी, प्रदिप पौडेल लगायतका नेताहरुलाई समेटेर एउटा धारको संरक्षण गर्न नसक्नुले पौडेलको पार्टी समाल्ने क्षमता नभएको प्रस्ट भएको नेताहरु बताउँछन् । त्यसैगरी, युवा अनुहार धनराज गुरुङ्ग, जीवन परियार, कल्याण गुरुङ्ग जस्ता हस्तीहरु समेत वर्तमान अवस्थामा पौडेलबाट टाढा भईरसकेका अनुहार हुन् ।

ती नेताहरुलाई समान अवसर समेत प्रदान गर्न सकेनन् पौडेलले । नेपाली काँग्रेसको सोमबार भएको संसदीय दलको निर्वाचनमा जसले जे भनेपनि पौडेलका कारण प्रकाशमान सिंहको मत लौह पुरुष गणेशमान सिंहको पृष्ठभूमि र स्वयम प्रकाशमान सिंहको व्यक्तिगत कारणबाट मात्र प्राप्त भएको आवाज सुनिएको छ । पछिल्लो समय पौडेलले नातावाद र कृपावादको झुण्ड च्यापेको कारण निकै आलोचित भएका छन् ।

पार्टीभित्र ज्वाईँ, सम्धीदेखि छोरीको पार्टीमा व्यवस्थापनको खोजीले समेत पौडेल यसपटक आफ्नै क्षेत्रबाट समेत पराजित हुन पुगे । नेपाली काँग्रेस तनहुँको आन्तरिक व्यवस्थापन समेत गर्न नसक्दा निर्वाचनमा पराजित भएका तनहुँकै नेताहरु बताउँछन् ।

त्यसैले आफू वरिष्ठ नेताको पगरी भिरिरहनु अनेक तिकडमबाजी गरेर प्रकाशमान सिंहलाई उचाले तर प्रकाशमान सिंह भने सिंगो पुरानो संस्थापनको नेतृत्व गर्ने नेताको रुपमा अबका दिनमा चिनिने भएका छन् । पौडेलका कारण पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला गुटबाट पनि गगन थापा बाहेक प्रकाशमान सिंहलाई सहयोग नहुनु पनि स्वयम पौडेल कारण हो ।

गगन थापाले काठमाडांैको राजनीतिलाई सन्तुलन गर्न खोजेपनि अन्य दुई जना नेताहरु भिमसेनदास प्रधान र उमाकान्त चौधरीले देउवालाई नै सघाएका थिए । त्यसैले आफ्नै पक्षमा रहेका वर्तमान पार्टीका महामन्त्री डा. शंशाक कोईराला, डा.शेखर कोईराला, सुजाता कोईराला, कोईराला परिवारको विरासत लिन तयार भएका नेताहरुलाई समेत समेट्न नसक्नु रामचन्द्र पौडेलमा राजनीति ओरालो लाग्ने दिन सुरु भएको र लौह पुरुषका सुपुत्र पूर्व महामन्त्री प्रकाशमान सिंहको संसदीय दलको नेताको लागि उम्मेद्वारीले काँग्रेसमा अब नयाँ राजनैतिकले मोड लिने पक्का देखिन्छ ।

सम्बन्धित समाचार

सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
  • २०७४ फाल्गुन २८, ०८: १७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७४ फाल्गुन २८, ०८: १७

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...

सुनसरी घटना : सिडिओसहित सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयले फिर्ता बोलायो
सुनसरी घटना : सिडिओसहित सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयले फिर्ता बोलायो
  • २०७४ फाल्गुन २८, ०८: १७

काठमाडौं : गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता...