पूर्व अध्यक्षहरु सम्मानित – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

पूर्व अध्यक्षहरु सम्मानित

काठमाडौं । नेपाल पत्रकार महासंघले ६३औं स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालयमा पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । यसरी सम्मानित हुने पूर्व अध्यक्षहरुमा होमनाथ दाहाल, हरिहर विरही, किशोर नेपाल, डा. सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, विष्णु निष्ठुरी, शिव गाउँले र डा. महेन्द्र विष्ट हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सम्मानित पूर्व अध्यक्षहरुलाई बधाई दिँदै संघीय लोकतन्त्रको रक्षा र सही प्रयोगमा पत्रकारको दायित्व रहेको बताउनुभयो । उहाँले प्राप्त उपलब्धीहरुलाई कार्यान्वयन गर्दै समृद्ध राष्ट्र निर्माणमा लाग्न पत्रकारलाई आग्रह समेत गर्नुभएको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यले आफ्नो क्षेत्रबाट अग्रणी भूमिका निर्वाह गरेको भन्दै पूर्व अध्यक्षहरुको प्रशंसा गर्नुभयो । पत्रकारितामा अवसर र समस्याहरु रहेको भन्दै उहाँले समस्या समाधानका लागि महासंघ सधै क्रियाशिल रहने बताउनुभयो ।

सम्मानित पूर्व अध्यक्ष हरिहर विरहीले प्रेस स्वतन्त्रता सम्बन्धी संविधानमा भएका व्यवस्थालाई कार्यान्वयनमा ल्याउन सक्रिय र संगठीत भएर लाग्न पत्रकारलाई आग्रह गर्नुभयो । उहाँले पत्रकारको क्षमता अभिवृद्धि तथा पत्रकारको आचरण सुधारमा महासंघले ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा महासंघद्वारा प्रकाशित पत्रकारिताको लोकार्पण गरिएको थियो । स्थापना दिवसका अवसरमा महासंघले दिउँसो २ बजेदेखि ५ बजेसम्म महासंघको भवनमा चियापानको समेत आयोजना गरिएको थियो ।

सम्बन्धित समाचार

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०७४ चैत्र १९, ०८: ५६

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०७४ चैत्र १९, ०८: ५६

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...

दसैंको टीकाको तेस्रो दिन आज : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
दसैंको टीकाको तेस्रो दिन आज : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
  • २०७४ चैत्र १९, ०८: ५६

काठमाडौं : बडादसैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका...