भागरथीको बलात्कार र हत्या आरोपमा पक्राउ परेका किशोरको डिएनए परीक्षण गरिँदै – Naya Bikalpa
November 7, 2026, Saturday      Epaper

भागरथीको बलात्कार र हत्या आरोपमा पक्राउ परेका किशोरको डिएनए परीक्षण गरिँदै


नयाँ विकल्प
काठमाडाैं-बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका एक किशोरको डिएनए परीक्षणका लागि पठाइएको छ।
डिएनए परीक्षणका लागि रगतलगायत आवश्यक पर्ने अन्य वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँ ल्याइएकाे छ । डिएनए परीक्षणबाट अनुसन्धानमा आवश्यक परेका थप कुराको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

परीक्षण रिपोर्ट केही दिनमै आउने भएको छ। यसअघि भागरथीको भजाइनल स्वाब पनि प्रयोगशाला पठाइएको भए पनि परीक्षण रिपोर्ट भने आएको छैन।गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन्।

त्यसपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गत फागुन ५ गते प्रहरीले एक किशोरलाई सार्वजनिक गरेको थियो।


आरोपितको तेस्रोपटक म्याद थप

भागरथीको हत्यामा संलग्न ती किशोरमाथि अनुसन्धानका जिल्ला अदालतबाट तेस्रोपटक म्याद थप गरिएको छ। अनुसन्धानका लागि प्रहरीले तेस्रोपटक थप पाँच दिनको लागि अनुमति पाएको हो।
यसअघि फागुन ५ गते पहिलोपटक र फागुन १० गते दोस्रोपटक म्याद थप गरिएको थियो। शुक्रबार तेस्रोपटक अनुमति पाएपछि थप अनुसन्धान काम भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

अनुसन्धानको फाइल केही दिनमै सरकारी वकिल कार्यालयमा बुझाउने तयारी रहेको छ। ‘आवश्यक पर्ने सबै कुरा जुटाइरहेका छौँ, अनुसन्धानमै छौँ। अहिले नै सबै कुरा भन्न मिल्दैन,’ उनले भने।


ती किशोर नाबालक रहेकाले २१ दिनभित्र हिरासतमा राखेर अनुसन्धान सक्नुपर्ने हुन्छ। सोहीअनुसार अनुसन्धान कार्य जारी रहेको हो। यसअघि प्रहरी, घरपरिवारसहित सरकारी वकिल कार्यालयमा लिइएको बयानमा ती किशोरले आफूले नै भारगथीको बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए।

जिल्ला अस्पतालमा गरिएको भागरथीको शव परीक्षण रिपोर्टमा पनि बलात्कारपछि हत्या भएको उल्लेख छ। भागरथी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा कक्षा १२ र आरोपित किशोर पनि सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए। ती किशोर र भागरथी एउटै गाउँका हुन्। उनी दुवैबीच दिदीभाईको नाता पर्दछ।

सम्बन्धित समाचार

डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनशन
डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनशन
  • २०७७ फाल्गुन १७, ०९: ३५

काठमाडौं : सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो...

प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय
प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय
  • २०७७ फाल्गुन १७, ०९: ३५

काठमाडौं : नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आफ्ना माग पूरा गराउन छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने...

कांग्रेसले बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा पुनर्स्थापना अभियान चलाउने
कांग्रेसले बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा पुनर्स्थापना अभियान चलाउने
  • २०७७ फाल्गुन १७, ०९: ३५

काठमाडौं : नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि अभियान सञ्चालन गर्ने भएको...