एकै पटक ३७ सिडीओको सरुवा – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

एकै पटक ३७ सिडीओको सरुवा

काठमाडौं–गृह मन्त्रालयले ३७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । बिहीबार प्राप्त सरुवा सूची अनुसार २३ सह–सचिव र १४ जना उप–सचिव प्रजिअ हुने जिल्लाहरुका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी नाराणप्रसाद भट्ट भक्तपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन् । भक्तपुरका प्रजिअ द्रोण पोखरेललाई सर्लाहीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ । कार्यक्षमतामा कमजोर मानिने र लामो समयदेखि गृह मन्त्रालयमा हाजिर गराईएका सह–सचिव लोकनाथ पौडेललाई पर्साको प्रमुखको रुपमा सरुवा गरिएको छ । आकर्षक जिल्ला मानिने झापामा जनकराज दाहाल, रुपन्देहीमा उदयबहादुर राना र काभ्रेमा कृष्णबहादुर राउतको सरुवा भएको छ ।

मन्त्रालयले सह–सचिव प्रजिअ हुने केही जिल्लामा उप–सचिवलाई कामुको जिम्मेवारी सहित सरुवा गरको छ । गृह मन्त्रालका उप–सचिव श्रवणकुमार तिमिल्सिनालाई ईलामको कामु प्रजिअको रुपमा सरुवा गरिएको छ । त्यस्तै उप–सचिव कोषहरी निरौलालाई स्याङ्जा, भविश्वर पाण्डेलाई गुल्मी, शेषनारायण पौडेललाई बाग्लुङको कामु प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ । बुटवल । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विकासका काममा राजनीति नगर्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
  • २०७५ बैशाख २०, ०६: १४

चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७५ बैशाख २०, ०६: १४

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
  • २०७५ बैशाख २०, ०६: १४

काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...